पाँचखालमा कृषि उपज सङ्कलन तथा बजार केन्द्रको शुभारम्भ

  • काभ्रे खबर
  • / कृषि /
  • २०८२ अषाढ ८, आईतबार (२ हप्ता अघि)
  • १६३ पटक पढिएको

पाँचखालमा कृषि उपज सङ्कलन तथा बजार केन्द्रको शुभारम्भ

पाँचखालमा कृषि उपज सङ्कलन तथा बजार केन्द्रको शुभारम्भ भएको छ । जाइका नेपालका प्रमुख प्रतिनिधि माचुजाकी मिजुकी, पाँचखाल नगरप्रमुख महेश खरेल र लव ग्रीन नेपालको अध्यक्ष अमिरा दलीले सयुक्त रुपमा संकलन केन्द्रको शुभारम्भ गर्नुभएको हो ।

पाँचखाल नगरपालिकाले पाँचखाललाई विषादी मुक्त नगर बनाउन लवग्रिन नेपालको साझेदारीमा विभिन्न कार्यहरु गर्दै आएको छ । केन्द्रबाट संकलन भएका कृषि उपजहरुको प्याकेजिङ, ब्राण्डीङ र सर्टिङ गरेर काठमाण्डौ सप्लाई गर्ने उद्देश्य रहेको छ ।

कृषि उपज सङ्कलन तथा बजार केन्द्रको लागि पनि लवग्रिन नेपालको २५ लाख र पाँचखाल नगरपालिकाको ९ लाख रुपैया साझेदारीमा निर्माण भएको छ ।
कृषि उपज सङ्कलन तथा बजार केन्द्रको संचालनले पाँचखाल नगरमा विषादी रहित तरकारी उत्पादनमा सहयोग पुग्ने जाइका नेपालका प्रमुख प्रतिनिधि माचुजाकी मिजुकीले बताउनु भयो । आईपिएम प्रविधिबाट कृषि प्रविधिको विस्तारमा लव ग्रीन नेपालको भूमिका निरन्तर रहेको तथा कृषक तथा ताजा तरकारी उपभोक्तामा जनचेतना प्रदान गरेर पाँचखाल कृषकले उत्पादन गर्ने तरकारी आर्गानिक बनाउने उदेश्य रहेको बताउनु भयो ।

पाँचखाल नगरका प्रमुख महेश खरेलले एक दशक अगाडि पाँचखालमा उत्पादन भएको ताजा तरकारीको बारेमा दुस्प्रचार गर्दै दाग लगाउने कार्य भएकोमा उक्त दागलाई मेटाउन सफल भएको बताउनु भयो । ‘उपभोक्ताहरुको स्वाथ्यलाई मध्यनजर राख्दै पाँचखालमा बिषाधी रहित तरकारी उत्पादन गर्दै विगमा पाँचखालको वारेमा लागेको दाग मेटाउने सफल भएको छौं । कृषि ज्ञान केन्द्र तथा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले पाँचखालमा उत्पादन हुने विभिन्न जातका तरकारीहरु परिक्षण गर्दै बिषादी रहित प्रमाणित भएको नगर प्रमुख खरेलले बताउनु भयो ।

कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङ, पाँचखाल गरका कृषि शाखा प्रमुख हेमन्त पौडेल, धोत्रा आईपिएम कृषक समुहका अगुवा कृषक चन्द्र वहादुर दनुवार लगायतले सहभागिता रहेको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस