काभ्रेमा ३८ प्रतिशत रोपाई

  • काभ्रे खबर
  • / कृषि /
  • २०८२ अषाढ १६, सोमबार (१ हप्ता अघि)
  • २७९ पटक पढिएको

काभ्रेमा ३८ प्रतिशत रोपाई

धुलिखेल/काभ्रे जिल्लामा ३८.१८ प्रतिशत रोपाई सकिएको छ । काभ्रेको कुल खेतीयोग्य जमिन १० हजार २१० हेक्टर क्षेत्रफलमध्ये असार १३ गते सम्म करिब ३८ सय हेक्टर क्षेत्रफलमा रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालय काभ्रेले जनाएको हो ।

काभ्रेका १३ स्थानीय तहहरू मध्ये पनौती र बनेपा नगरपालिकामा धेरै रोपाई भएको कार्यालयको तथ्याङक छ । पनौतीमा ८० प्रतिशत, बनेपा नगरपालिकामा ८०, बेथानचोक गाउँपालिकामा ६०, धुलिखेल नगरपालिकामा ५०,चौंरीदेउराली गाउँपालिकामा २५, नमोबुद्ध नगरपालिकामा ३० , भुम्लु गाउँपालिकामा २०, रोशी गाउँपालिकामा २०, पाँचखाल नगरपाकिलका, मण्डनदेपुर नगरपालिकामा र तेमाल गाउँपालिकामा १५ प्रतिशत रोपाई सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिनु भयो । खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकामा १० प्रतिशत रोपाई सम्पन्न भएको कार्यालयको तथ्याङकमा उल्लेख छ ।

विशेष गरेर यहाँको हावापानी सुहाउने खालको खुमल र मकवानपुर जातको धानको बिउ सिफारिस गरिएको प्रमुख दवाडीले बताउनु भयो । उपयुक्त उन्नत जातको धान सिफारिस भए पनि किसानले एसजे–जी १०, चाइना सुपर जातका हाइब्रिड धान पनि रोप्ने गरेको पाइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस