
हिमालयन डेरी एन्ड एग्रोभेट रिसर्च सेन्टर काभ्रे बनेपा नगरपालिका वडा नं ७ ले आफ्नो परीक्षण उत्पादन स्वरूप बजारमा दर्शन ब्रान्डमा मोही साउन १ बाट निकालेको छ। परीक्षणकालमा रहेको दर्शन मोही भोलिदेखि बजारमा उपलब्ध हुने जानकारी डेरी उद्योगका कार्यकारी निर्देशक शिवराम आचार्यले जानकारी गराए ।
विगत सात वर्षदेखि सञ्चालित हिमालयन डेरीले हाल बजारमा दर्शन ब्राण्ड मार्फत दुध तथा दुग्ध पदार्थहरू पनिर, घ्यू, दही, बटर ब्रान्डिङ सहित बजारमा ल्याएको कुरा अध्यक्ष मनोज कुमार घिमिरेले जानकारी गराए ।
पछिल्लो समय नेपाल डेरी एसोसिएसनले मोही अभियान चलाएपछि देशभर मोही उपभोग बढ्नुको साथै देशभर ३७ वटा उद्योगले ब्राण्डीङ सहित बजारमा आफ्नो उत्पादन बजारमा ल्याएको र देशभर अहिले २ लाख ५० हजार मोही खपत हुने गरेको छ । त्यसमा करिव ३० हजार लिटर ब्रान्डिङ सहित बजारमा आउने गरेको कुरा नेपाल डेरी एसोसिएसनका अध्यक्ष एवं मोही अभियान्ता प्रल्हाद दाहालले बताए ।
काभ्रे जिल्ला २००९ सालमा नालाको टुसालमा पहिलो डेरी स्थापना भएको ठाउँ भएको र अहिलेसम्म आधा दर्जन जति ठूला उद्योग नै स्थापना भएका छन् । सबैभन्दा बढी दुध उत्पादन हुने र पहिलो दुधमा आत्मनिर्भर भएको जिल्ला पनि काभ्रे नै हो । काठमाडौं बाहिर थुप्रै डेरी उद्योगले मोही निकालेका छन् भने काठमाडौं नै बजार मानेर उत्पादन गरेकोमा यो दर्शन मोही दोस्रो हुने भएको कुरा हिमालयन डेरीका संचालक रविन्द्र हुमागाईले बताए ।
अन्य पेय पदार्थको तुलनामा मोहीको फाइदै फाइदा छ । यसले खाना पचाउने, पेट सफा गर्ने, हड्डी बलियो बनाउने, खाना पचाउने, थकाई लागेर आउँदा मोहीले थकान मेटाई फ्रेस बनाउन सहयोग पुर्याउँछ । पहिला पहिला गाउंघरमा पाहुनालाई मोही सेवन गराई स्वागत गराइन्थ्यो । त्यसैले मोहीलाई हामी मिलेर स्थापित गराउन तिर लाग्नुपर्छ । यसले नेपाली किसानबाट उत्पादित दूध खपत हुन सहयोग पुर्याउँछ भने आयातित पेय पदार्थको खपत कम हुन गई स्वदेशी मुद्रा बाहिर जानबाट पनि रोकिन्छ ।