
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ रामेछापले कार्यलयकाे हाँसिल गरेकाे बिभिन्न उपलब्धिलाई जनता समक्ष पुर्याएकाे छ ।
दोलखा जिल्लाको प्रमुख व्यावसायिक बालीको रुपमा रहेको किवी फलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै गुणस्तरीय किवीको उत्पादन र बजारीकरणलाई जोड दिदै किवी मुल्य शृङ्खलाका हरेको क्रियाकलापहरुमा कृषक समुह /कृषि सहकारी /कृषि फर्म/कृषि कम्पनीहरुलाई विभिन्न अनुदानमा कार्यक्रमहरु संचालन गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ रामेछापले आ व २०८१/८२ मा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यलयले जिआइ थाक्रा-५५१, बितरण,फलामे थाक्रा-२७० बितरण
थोपा सिचाइ मार्फत ( किवी बगैंचा)-१५ हेक्टर जमिन सिंचित गरेकाे परियाेजनाका प्रमुख थिरलाल गैरेले बताए ।
परियाेजनाले किवीको भण्डारण र प्याकेजिङ लेवलिङको लागी जिरी नगरपालिका-७, कलङमा कोल्ड च्याम्बर र प्याकेजिङ लेवलिङ हाउस स्थापना गरेको छ भने १०० हेक्टरमा क्षेत्रफलमा किवी बगैंचा व्यवस्थापन कार्यक्रमहरु (तालिम अभिमुखीकरण र आधुनिकीकरण कृषि यन्त्र उपकरण ) सम्पन्न गरेको छ । यसको साथै ५०% अनुदानमा मिनिटिलर,स्प्रेयर र रिफ्याक्टोमिटर वितरण गरेको छ ।
“स्वस्थ रसिलो स्वस्थकर छ खान दोलखा जिल्लाको किवीको छुट्टै पहिचान”भन्ने नारालाई आत्मसात गर्दै किवी जोन क्षेत्र दोलखामा रहेको कृषकहरुसँग साझेदारी गर्दै परियोजनाले आफ्ना कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि बढाएको छ ।