बेथानचोकमा कोसेली घर सञ्चालनमा

  • काभ्रे खबर
  • / कृषि /
  • २०८२ भाद्र ९, सोमबार (३ महिना अघि)
  • ३२९ पटक पढिएको

बेथानचोकमा कोसेली घर सञ्चालनमा

ढुंखर्क/बेथानचोक गाउँपालिकामा कोसेली घर स्थापना गरिएको छ । गृहिणी महिलाको सशक्तीकरण गर्ने उद्देश्यका साथ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको सहकार्यमा उक्त कोसेली घरको स्थापना गरिएको हो । मन्त्रालयको गृहिणी महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत स्थापना गरिएको कोसेली घर आइतबारबाट सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेले आइतबार एक कार्यक्रमका बिच कोसेली घरको उद्घाटन गरेका थिए ।

मन्त्रालय र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा कोसेली घर निर्माण गरिएको बेथानचोक गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवं प्रवक्ता मधुसूदन तिमल्सिनाले जानकारी दिए । प्रदेश सरकारको तर्फबाट १८ लाख २१ हजार रुपैयाँ र गाउँपालिकाको ५० प्रतिशत लागत साझेदारी गरी ३६ लाख ४२ हजार रुपैयाँमा कोसेली घर निर्माण गरिएको उनले बताए । गाउँपालिकाका ११० जना गृहिणी महिलाले उद्यमशीलता तालिम दिएर २ वटा महिला उद्यमी समूह गठन भएको र उक्त समूहलाई १–१ लाखका दरले बिउ पुँजी उपलब्ध गराइएको छ । सो समितिले उत्पादन गरेका वस्तुको विक्रीका लागि कोसेली घर निर्माण गरेर सञ्चालनमा ल्याइएको वडा अध्यक्ष तिमल्सिनाले बताए । कोसेली घरको उद्घाटन गर्दै मन्त्री बादेले कोसेली महिला सशक्तिकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । कोसेली घर सञ्चालन पछि स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने महत्त्वपूर्ण माध्यम बन्ने उनले विश्वास व्यक्त गरे । कोसेली घरलाई व्यवस्थापन गरे अझ प्रभावकारी बनाउन प्रदेश सरकार निरन्तर सहयोग गर्ने मन्त्री बादेले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले स्थानीय महिलाको आर्थिक सबलीकरण र आत्मनिर्भरता प्राथमिकतामा राखिएको बताए । गृहिणी महिलालाई उत्पादनमूलक कार्यमा संलग्न गराउन र बजारसम्म पहुँच दिलाउन कोसेली घर महत्त्वपूर्ण हुने उनले बताए । पालिका उपाध्यक्ष तारा राणा तिमल्सिनाले महिलाले उत्पादन गरेका सामग्रीलाई स्थायी बजार उपलब्ध गराउन र कोसेली घरमार्फत स्थानीय महिलाहरूले उत्पादन गरेका सामग्री प्रदर्शन र बिक्री गर्न महत्वपूर्ण हुने बताईन । सोहि अवसरमा महिला दिदीबहिनीहरुको मनोपरामर्श तथा तीज विशेष कार्यक्रम समेत आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताए ।  जनप्रतिनिधि, समाजसेवी, महिला समूह तथा बेथानचोक बासिको उपस्थिति रहेको थियो। कोसेली घरमार्फत हस्तकला, कृषिजन्य उत्पादन र स्थानीय परिकारलाई प्राथमिकताका साथ प्रवर्द्नले मा सहयोग पुग्ने बताए । उदघाटन कार्यक्रम सगै तीज विशेष कार्यक्रम पनि उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।कार्यक्रममा गायक सानु के.सी., राजेन्द्र भण्डारी, गायिका स्मृति गौतम, रिना बिष्टलगायतका कलाकारहरूले तीज गीत प्रस्तुत गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस