बेथानचोकमा श्रीकृष्ण आई.पी.एम. कृषक पाठशालाको आयोजनामाकृषि क्षेत्रसम्बन्धीअन्तरक्रिया

  • काभ्रे खबर
  • / कृषि /
  • २०८३ भाद्र १, सोमबार (३ हप्ता अघि)
  • १२४ पटक पढिएको

बेथानचोकमा श्रीकृष्ण आई.पी.एम. कृषक पाठशालाको आयोजनामाकृषि क्षेत्रसम्बन्धीअन्तरक्रिया

ढुंखर्क/श्रीकृष्ण आई.पी.एम. कृषक पाठशालाको आयोजनामा बेथानचोक गाउँपालिकामा शनिबार कृषक दिवसका अवसरमा कृषि क्षेत्रसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा किसान, कृषि क्षेत्रसँग सम्बन्धित व्यक्ति, जनप्रतिनिधि, कृषि प्राविधिक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बाली उत्पादन, रोग तथा कीरा नियन्त्रण, उन्नत कृषि प्रविधिको प्रयोग तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उपायबारे जानकारी तथा छलफल गरिएको थियो।
किसानलाई आधुनिक तथा दिगो कृषि प्रविधि अपनाउन प्रोत्साहित गर्ने उद्देश्यले खेतीका क्रममा भोग्नुपरेका समस्या, अनुभव र सम्भावित समाधानका विषयमा अन्तरक्रियासमेत गरिएको थियो। कृषक पाठशालामार्फत किसानको ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी कृषि उत्पादन बढाउन कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्‍याउने सहभागीहरूले बताएका छन्।
कृषक दिवसकै अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले हरितगृहमा सञ्चालित व्यावसायिक तरकारी खेतीको स्थलगत अनुगमन तथा निरीक्षणसमेत गरिएको थियो। अनुगमनका क्रममा हरितगृहमा लगाइएका तरकारी तथा अन्य बालीको अवस्था, उत्पादन स्थिति र प्रयोग भइरहेका आधुनिक प्रविधिको प्रत्यक्ष अवलोकन गरिएको थियो।
सो क्रममा किसानसँग खेतीका क्रममा देखिएका समस्या, उत्पादन वृद्धि गर्ने उपाय तथा आवश्यक प्राविधिक सहयोगका विषयमा समेत छलफल गरिएको थियो। आधुनिक प्रविधिको प्रयोग विस्तार गर्दै किसानको उत्पादन, उत्पादकत्व र आम्दानी वृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कृषक दिवसका अवसरमा आयोजित कार्यक्रमले स्थानीय किसानलाई व्यावसायिक, आधुनिक तथा दिगो कृषि प्रणालीतर्फ अघि बढ्न थप प्रेरणा दिएको सहभागीहरूको भनाइ छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस