नेपालमा वारिस्ता प्रशिक्षण स्थल भएपनि अन्तर्राष्ट्रिय स्तरका काफीका प्रकार सिकाईदैन

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ बैशाख २५, बिहिबार (२ महिना अघि)
  • ३३५ पटक पढिएको

नेपालमा वारिस्ता प्रशिक्षण स्थल भएपनि अन्तर्राष्ट्रिय स्तरका काफीका प्रकार सिकाईदैन

“Espresso machine is my heart and espresso is my blood”

बनेपा बसपार्क नजिकै एउटा नयाँ कफि सप खुलेको छ । त्यहाँ गएर कफिको चुस्कि लिनेको लर्को पनि दिनानुदिन बढिरहेको छ । एक पटक गएकाहरु पटकपटक गएका छन् । सपको नाम हो ‘नाईन बार एण्ड वारिस्ता ट्रेनिङ स्कुल’ ।  यसको ग्राण्ड ओप निङ जेठ १ गते गर्ने तयारीमा हुनुहुन्छ ओनर नरेस लामा । अन्तर्राष्ट्रिय स्तरमा नै वारिस्ताको राम्रो अनि लामो अनुभव बटुलेर अहिले नेपालमा नै केही गर्ने सोचले उहाँका पाईला व्यवसायिक यात्रामा अघि बढेकां छन् ।
नेपालमा चिया की कफी ? भनेर सोधियो भने अधिकांशको मुखबाट चिया नै सुन्न सकिन्छ । नेपालमा कफी पिउने प्रचलन अत्यन्तै न्यून छ । त्यसमा पनि काठमाडौंबाहिर त झन् कफी पिउने बानी नै छैन । धेरैको रोजाईमा चिया नै पर्छ । लामा केही महिना अघिमात्र नेपाल आउनुभएको हो । थोरै पूर्व तयारी र गृहकार्य गरेकाले व्यवसायको थालनी गर्न सहज भयो । सकेको लगानी गरेर कफिसप खुलिसक्यो । लामाले विदेशको स्वादमा ग्राहकलाई कफी ख्वाइरनुभएको छ । लामालाई ..कफिसप मात्र होईन तालिम स्थान नै बनाउन मन छ । त्यसैले ओपनिङमा समय लागिरहेको छ । उहाँ भन्नुहुन्छ, ‘नेपालमा वारिस्ता प्रशिक्षण स्थल भएपनि अन्तर्राष्ट्रिय स्तरका काफीका प्रकार सिकाईदैन । नेपालमा नै बसेर वारिस्ता गर्नेहरुलाई त कफीको बारेमा कमै थाह हुन्छ । अनि वारिस्ताको लागि विदेशिनेहरुले निकै तल्लो स्तरको काम गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ’क्यापाचिनो, क्याफेलाते, क्याफेमोका, एस्प्रेसो, क्यारामलमकियातो, फ्ल्याट ह्वाइट, आइसमोका आदि नामका विश्वमा ख्याति कमाएका तयारी कफीका प्रकार बनाएर कफी पारखीलाई ख्वाइरहेका छौँ ।’ अरु थप Ice Shaken, White Mocha, Ice Espresso Freddo, Ice Spenich Latte, Ice Matcha, Cortado bancha अनि Special Drinks Hot and Cold तयार हुन्छ ।
ठ्याक्कै ९ वर्ष अरुको देशमा पसिना बगाएपछि अहिले आफ्नै देश अनि ठाउँमा केही गर्ने अठोटका साथ उहाँ व्यसायमा होमिनुभएको छ । त्यसो त पहिले पनि नेपाल फर्किएर यही काम गर्ने सोच नआएको होईन । तर पारिवरिक जिम्मेवारिले विदेशमा नै बस्न जबरजस्ति पे्ररित गरिरह्यो । धेरै समय विदेश बसियो, अझै कति विदेश बस्नु । अब नेपालमा गएर केशी जागिर या सानो भए पनि आफ्नै व्यवसाय गर्नुपर्छ । अझ नेपाल गएर केही व्यवसाय गरेर परिवारको साथमा रमाउन पाए हुन्थ्यो । के नेपाल गएर मैले यहाँ गरेको काम नेपालमा पाइएला ? नपाए के गर्ने ? यस्तैयस्तै प्रश्नले मानमा वाण हानिरह्यो । मनमा प्रश्नहरुको रणभूमिमा युद्ध चलिरहे । अन्ततह नेपालमा गएर आफुले जानेको सीपलाई नै हतियार बनाउने उहाँको बिचारले जितिछाड्यो ।


लामाले सानोमा कफिको बारेमा मात्र सुन्नुभएको थियो । कफिको स्वाद लिएपछि पनि खासै मन परेको थिएन । तर जब आफैंले यस बारेमा बुझ्नुभयो तब लत नै बस्यो । कफिको सोक लामालाई पहिदेखि नै उमेरदेखि थियो । उहाँलाई अहिले कफि नै जिन्दगी जस्तो लाग्छ । राम्रो आम्दानीको सम्भावना पनि देश÷विदेश सबैतिर यसैमा भएकाले यसमा उहाँको मोह पनि छ । लामाले हातमा पनि कफिकै चित्र अंकितगरी ट्याटु छ । व्यवसायको सुरुवात भएकाले यसको दायरा वृहत बनाउने उहाँको योजना छ । अहिले करिब २५ लाख जति लगानी भइसकेको उहाँको भनाई छ । विस्तारै अरु ठाउँहरुमा पनि शाखाहरु नै विस्तार गर्ने उहाँको योजना छ ।

राम्रो विदेशबाट आयात भएका कफिको स्वाद नेपालको जस्तो हुँदैन । नेपाली उत्पादन मात्र चलाउने भनेर मैले तयारी कफीको व्यापार सुरु गरेको हुँ ।

‘नेपालीहरुले नेपालमा नै उत्पादन भएको कफिको स्वाद खासै पाएका छैनन् ।’ लामा भन्नुहुन्छ, ‘नेपालमा उत्पादन भएको सबै कफि विदेशमा निर्यात हुन्छ । राम्रो विदेशबाट आयात भएका कफिको स्वाद नेपालको जस्तो हुँदैन । नेपाली उत्पादन मात्र चलाउने भनेर मैले तयारी कफीको व्यापार सुरु गरेको हुँ । नेपाली उत्पादन गुणस्तरीय हुँदाहुँदै अन्य देशका उत्पादन चलाउनुपर्छ भन्ने पक्षमा म छैन ।’ उहाँकोमा नेपालकै उत्पादन मात्र प्रयोगमा आईरहेको छ । नेपालको उत्पादन मात्र चलाउने उहाँले प्रतिवद्धता नै व्यक्त गर्नुभएको छ ।
विषेशगरी विदेश जानेहरुको लागी लक्षित गरेर तालिम संचालन गर्ने उहाँको उद्देश्य छ । विदेशमा काम गरेको अनुवभले पनि यहाँ क्याफेमा राम्रो र गुणस्तरलाई बढावा दिन सकिनेमा उहाँ विश्वस्त हुनुहुन्छ । अहिले उहाँकोमा काम गर्ने थारै जना मात्र हुनुहुन्छ । काम नजानेर नेपालीलाई विदेशीले गरेको अवहेलना र तिरस्कारले लामाको मन चस्किन्थ्यो । त्यसैले अहिले विदेश जानेहरुको लागि नै बढी लक्षित गरिरहेको उहाँ बताउनुहुन्छ ।
धेरै प्रशिक्षार्थी नराखी बढीमा ५ जनासम्म राखेर सिकाउने उहाँको लक्ष्य छ ।
वारिस्ता आर्थिक अभावले सिक्न नपाएकाहरुको लागि आफुले सकेको सहयोग गर्ने उहाँ बताउनुहुन्छ । पैसाको अभावले नै सीप सिक्न नपाएकाहरुको लागि नाईन बार एण्ड वारिस्ता ट्रेनिङ स्कुल उद्गमस्थल हुने उहाँ उहाँको भनाई छ । २०१६ देखि २०२५ सम्म विदेशको बसाई पनि अब सदाको लागि उहाँ नेपाल नै बस्नेगरी आउनुभएको छ । कफिको स्वाद लिन एकपटक ‘नाईन बार एण्ड वारिस्ता ट्रेनिङ स्कुल’ आउनको लागि उहाँको अनुरोध छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस