धुलिखेल–८, भट्टिडाडाँका सलोन गौतमको कुखुरा फर्म गत असोज महिनामा आएको बाढी र पहिरोका कारण ठूलो क्षतिको सिकार बन्यो । उहाँको कुखुरा फार्ममा करिब डेढ लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । तर, यति ठूलो विपत्तिका बाबजुद पनि गौतमले आफ्नो व्यवसायमा जोश र जाँगर कायम राख्नुभएको छ । सलोन गौतमले सात वर्षदेखि कुखुरा पालन गर्दै आउनु भएको छ । कम्प्युटर साइन्समा स्नातक गर्नुभएका गौतमका अनुसार, पढाइसँगै व्यवसाय गर्नाले परिवारलाई आर्थिक भार नपर्ने र समयको सदुपयोग हुने विश्वासले उनलाई यो पेशामा आकर्षित गर्यो । उहाँले भन्नुभयो, “पढाइसँगै व्यवसाय गर्दा बुबा आमालाई पनि आर्थिक भार नपर्ने र समय पनि खेर नजाने भएकाले मैले यो पेशा रोजेको हुँ ।” यस विपत्तिका बाबजुद पनि गौतमले आफ्नो व्यवसायमा जोश र जाँगर कायम राख्नुभएको छ । उनको दृढ विश्वास र मेहनतले उहाँलाई पुनः उभिन मद्दत पुर्याएको छ ।
सलोन गौतमको संघर्ष र दृढ इच्छाशक्ति एक प्रेरणादायक उदाहरण हो, जसले विपत्तिका बाबजुद पनि व्यवसायमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्दछ । कुखरा पालन पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिने भरपर्दो पेशा हो । ब्रोइलर कुखुराले बजार अझ धेरै राम्रो पाएको छ । यसको लागी यती नै समय भनेर जागिर जसरी लाग्नु पनि पर्दैन । गौतमका अनुसार, यो रोजगारी भएका तर समय बचत गर्न सक्ने व्यक्तिका लागि पनि उपयुक्त हुन्छ । न्यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक सिद्ध हुन सक्छ । यो पेशा थोरै जग्गा तथा कम लगानीमै सञ्चालन गर्न सकिन्छ । यसको उत्पादन ५–६ हप्तामै भित्र्याउन सकिन्छ र वर्षमा ६–७ पटकसम्म कुखुरा बेच्न सकिन्छ । यो व्यवसाय गर्न धेरै ठूलो तालिमको आवश्यकता समेत पर्दैन । त्यसकारण पनि कुरापालन त्यसमा पनि ब्रोइलर कुखुरा पालन धेरै नै फस्टाएको छ ।
२३ बर्षिय गौतमको खोरमा अहिले १३ सय वटा कुखुरा रहेको छ । खोरमा भने १५ सय वटासम्म कुखुरा अटाउछन् । एक लट कुखुरा बेच्दा एक लाख भन्दा धेरै आम्दानी गर्न सकिने उहाँको भनाई छ । नेपालमा यो व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री सहज उपलब्ध छन । साथै, उहाँलाई पनि सहज बजार पहुँचले उत्पादनपछिको विक्रीवितरणमा समेत समस्या छैन । यो व्यवसाय सञ्चालन गर्दा प्रारम्भमा सानो आकार अर्थात् १ सयदेखि २ सयबाट शुरू गर्दा उपयुक्त हुने भएकाले उहाँले अरुलाई पनि यही सुझाव दिनुभएको छ । उहाँकाअनुसार बिस्तारै कुखुरा पालनको अनुभव बटुली व्यावसायिक रूपमा यो पेशा सञ्चालन गर्न सजिलो हुन्छ ।
कुखुरा पालन गर्दा खोरको व्यवस्थापन, चल्ला हुर्काउने बेलाको व्यवस्थापन, खोरमा तापक्रम तथा प्रकाश व्यवस्थापन, दानापानीको व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन र बाह्य कडीहरूमा विषेश ध्यान दिनुपर्ने हुन्छ । उहाँ भन्नुहुन्छ, ‘खोरको व्यवस्थापन गर्न जानेन भने व्यवसाय गर्दा घाटामा पनि जाने सम्भावना हुन्छ । ब्रोइलर कुखुरा पालनका लागि पानीको सहज निकास हुने बलौटे–दोमट माटो भएको ठाउँमा अग्लो घर वा खोर भए राम्रो हुन्छ । साना चल्ला हुर्काउने खोर ठूला र फुल पार्ने अवस्थाका कुखुराको खोरभन्दा ३ सय फीट टाढा हुनुपर्छ । यस्तो खोरको मोहडा पूर्व अथवा पश्चिम फर्केको हुनु उचित मानिन्छ ।’ कुखुरालाई दानापानी खुवाउन धातु वा प्लाष्टिकाका भाँडा प्रयोग गर्न सकिन्छ । उहाँ थप्नुहुन्छ, ‘यस्ता भाँडा कुखुरा हुर्कंदै जाँदा भाँडाको सतह माथि उठाउन सकिने हुनुपर्छ । यसबाट दानाको कम क्षति हुन्छ । ब्रोइलर कुखुरालाई पहिलो दुई हप्ता स्ट्राटर द्यय दाना दिनुपर्छ । त्यसपछि दुई हप्ता द्यज्ञ र पछि विक्री गर्ने बेलासम्म फिनिसर दाना दिनुपर्छ । ब्रोइलर कुखुरालाई नियमित अवधि, उमेर र स्वास्थ्य स्थितिअनुसार नियमित दाना दिनु उचित हुन्छ ।’
उहाँकाअनुसार उहाँले कुखुरा पालनको सुरु गर्दा एक बोरा दानाको २४ सय परेको थियो । किसानले एक किलोको कुखुराको २ सय ५० थियो । अहिले दाना, चल्लाको भाउँ निकै बढेको छ । यो उदाहरण दानाको मात्र हो । यस्तो भाउँ बढेर धेरै कुरामा असहज भएको कुराहरु धेरै रहेको छ । यसमा स्थानीय सरकारको ध्यान जानुपर्ने उहाँको भनाई छ । करिब ३ बर्षमा दानाको मूल्यमा ह्वातै बृद्धि हुदाँ कुखुराको मूल्यमा धेरै परिवर्तन नआएकाले किसानहरु अझ धेरै चिन्तित हुन थालेको गौतमको भनाई छ । दानामा मात्र नभएर कुखुराको मूल्यमा पनि बुद्धि हुनुपर्ने उहाँको माग रहेको छ । दानामा जस्तै दुध, तरकारी लगायतका धेरै कुरामा स्थिीर बजारको कारण किसानले भोगिरहेको समस्यामा सरकारको ध्यान जानुुपर्ने गौतम बताउनुहुन्छ । नाममा मात्र कृषि प्रधान देश नभएर व्यवहारमा पनि हुनुपर्ने उहाँको सरकारसंग अनुरोध छ ।
गौतमको दृष्टिकोणले शिक्षा र व्यवसायिकता बीचको सन्तुलनलाई महत्त्वपूर्ण बनाएको छ । उहाँका अनुसार, यदि हामी केवल “पढेर मात्र केही गर्छु“ भन्ने सोचबाट बाहिर निस्केर, मन लगाएर काम गर्ने हो भने, न त पढाइको खर्चका लागि बुबा आमाको भर पर्नु पर्छ, न त भविष्यको चिन्ता गर्नु पर्छ । उहाँ भन्नुहुन्छ, “पढाइसँगै कुखुरा पालनलाई पनि अगाडि बढाउने योजना मेरो रहेको छ ।” उहाँका अनुसार, कुखुरा पालनमा लगानी गर्दा, यसले न केवल आर्थिक लाभ दिन्छ, बरु युवाहरूलाई स्वरोजगारको अवसर पनि प्रदान गर्दछ । यसका लागि, व्यवसायिक योजना बनाउनु, आवश्यक पूँजी र उपकरणको व्यवस्था गर्नु, र बजारको पहिचान गर्नु महत्त्वपूर्ण छ । गौतमको यो दृष्टिकोणले युवाहरूलाई शिक्षा र व्यवसायिकता बीचको सन्तुलन कायम राख्न प्रेरित गर्दछ । उहाँका अनुसार, हामीले जुनसुकै माध्यमबाट भए पनि देशलाई टेवा पुर्याउने काम गर्नुपर्छ । यसले युवाहरूलाई आफ्नो भविष्य निर्माणमा सक्रिय र सृजनात्मक बनाउन मद्दत पुर्याउँछ ।