हातले बुनेका सुई–धागो,आत्माले बुनेका आशा

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ अषाढ १२, बिहिबार (२ हप्ता अघि)
  • १०५ पटक पढिएको

हातले बुनेका सुई–धागो,आत्माले बुनेका आशा

सानो बेलामा नै आफ्नै घर मण्डनदेउपुर नगरपालिका वडा नं ११, गैराथोकबाट शुरु भएको सिलाईको कलाले रुपेश परियारको जीवन नै बदलिदियो । उहाँका बुवा सिलाईको काम गर्नुहुन्थ्यो । उहाँको हुर्काई सिलाई मेसिशनका आवाजसँगै भयो । ८–९ वर्षको उमेरमा पाइलै–पाइला सिलाई उपकरणसँग परिचित हुनुभयो । “बुबा सिलाई गर्दा जानी–जानै हात गर्न थालेँ,” रुपेशले सम्झनुहुन्छ ।
बुबा र आमाको उमेर ढल्केकाले, दाइको निधनपछि घरको आर्थिक अवस्था दिनप्रतिदिन कमजोर हुँदै गयो । पढाइ छोडेर परिवारको जिम्मेवारीले ११÷१२ वर्षको उमेरमै सिलाई गतिविधिलाई व्यवसायिक ढंगले सिक्न थाल्नु पर्यो । केपछी गाउँतिर नै सिलाईको काम गरिरहनुभएको थियो । केही समयमा बनेपामा नै अरुको पसलमा पनि काम गर्नुभयो । त्यपसपछी काठमाडौँ र फेरी अहिले बनेपामा उहाँको व्यवसायिक यात्रा चलिरहेको छ ।
काठमाडौंमा काम गर्दा रुचि र दक्षता झन बढ्यो । थुप्रै ग्राहको माया र अनुभवले हास्पिटलिटी व्यवसायमा पनि सैद्धान्तिक गहिराइ थप्यो । तर उहाँको मन फेरी बनेपातिर फर्कियो । उहाँले खोजेको व्यवसायिक आत्मनिर्भरता मात्र होइन, गाउँको समाजमा रुपेशले तितो–मीठा सम्झना पनि ओसारेर ल्याउनुभयो । औंलाहरुले बुनेको सिलाई–काममा आत्मार्पण गर्दै उहाँ यो व्यवसायमा आफ्नो ठुलो इम्प्याक्ट निर्माण गरिरहनुभएको छ ।
अहिले सिलाई व्यवसायिक रुपमा नै गर्न थाल्नुभएको १४ बर्ष भयो । आफ्नै पसल गर्न थालेको चाहीँ ६ बर्ष भयो । अहिले बनेपामा उहाँको पसल छ । पहिले काठमाडौँमा पनि पसल थियो । २ बर्ष काठमाडौँमा पसल गरेपछी घरबाट नजिक पनि हुन्छ भन्ने सोचले बनेपामा गरिरहनुभएको छ । ७ बर्ष आफ्नै पसल राखेर गर्नुभएको कामको अनुभवले आफुलाई अझ व्यवहारिक बनाएको उहाँ बताउनुहुन्छ ।


दाईबितेपछी के गर्ने र भविष्यमा के बन्ने परिवारमा अन्योलता छाएको थियो । अलि अलि जानेको र देखेको काम सिलाई नै भएकाले पनि उहाँले सिलाईको कामलाई नै निरन्तरता दिएर व्यवसायिक रुपमा पनि सिलाई नै गर्न थालेको परियारको भनाई छ । अहिले काम पनि राम्रो नै चलिरहेको छ । काठमाडौँको तुलनामा बनेपामा अलि कम व्यपार हुन्छ तर आफुले गर्ने आम्दानीमा आफु सन्तुष्ट नै रहेको परियार बताउनुुहन्छ । सटिङ सुटिङका सबै काम उहाँकोमा हुने गरेको छ । अहिले निकै रुचाइने सुट प्यान्ट र ज्वारी कोट अनि स्टकोट धेरै सिलाउने गरिएको उहाँ बताउनुहुन्छ । महिलाहरुको कोट पाईन्ट लगायतका कपडा भने सिलाउने गरिएको छ । पूरुषको भने सबै खालका डिजाईन सहित सिलाउने गरिएको परियारको भनाई छ ।
‘न्यु अनुग्रह टलर्स’ नामले उहाँको पसल अहिले सञ्चालनमा रहेको छ । आफुले गर्ने कामको गुणस्तको कारण पनि ग्राहक टिक्ने भएकाले गुणस्तरका कुरामा चाहीँ विषेश ध्यान दिनुपर्ने उहाँको भनाई छ । आफुले पनि गुणस्तरलाई नै हेरेर वा ध्यानमा राखेर काम गरिरहेको परियार बताउनुहुन्छ । महिलाको जस्तो फेसन छिटो परिवर्तन नहुने भएकाले पनि आफुलाई सजिलो भएको उहाँ बताउनुहुन्छ । तरपनि समय अनुसार परिवर्तन गन सकियो भने ग्राहकको कमी नहुने उहाँ बताउनुुहन्छ । सामाजिक सञ्जालको कारण भने पुरुषको कपडाका डिजाईन पनि परिवर्तन भइरहने उहाँको भनाई छ । तर महिलाको तुलनामा भने केही कम नै हुने परियार बताउनुहुन्छ ।
परियारको धेरै पढेर शिक्षक बन्ने लक्ष थियो । पारिवारिक अवस्थाको कारण त्यो सपना अपुरो नै रह्यो तर व्यवसायमा भने सफल भएकोमा उहाँ आफु खुसी नै रहेको बताउनुहुन्छ । आगामी दिनहरुमा पनि आफुले यही व्यवसायलाई निरन्तर रुपमा लैजाने उहाँको योजना रहको छ । जिवनमा पढाई मात्र सबथोक नभए पनि पढाई निकै महत्वपूर्ण कुरा रहेको परियार बताउनुहुन्छ ।
सुरुमा ५ लाख लगानीमा उहाँको पसल सुरु भएको थियो । अहिले भने करिब १५ लाख जती लगानी भएको छ । आम्दानी भने सिजन अनुसार घटबढ भइरहन्छ । कहिले महिनाको नै ३ लाखसम्म पनि पुग्छ भने कहिले त्यो भन्दा कम पनि हुन्छ । विषेशगरी विवाह, वर्तबन्ध लगायतका समयमा धेरै आम्दानी हुने गरेको उहाँको भनाई छ । यस्ता सिजनहरुमा ग्राहको भिड नै हुने गर्दछ । त्यस कारण पनि यो समयमा निकै राम्रो आम्दानी हुने गरेको बाँकी समयमा भने सामान्य आम्दानी हुने परियारको भनाई छ । आम्दानीसँगै ग्राहक टिकाई राख्नु अहिलेको समयमा चुनौतीको विषय हो । तर पनि व्यवसायमा हार मान्न नहुने उहाँको मान्यता छ ।
पछिल्लो सयम बजारमा टेर्लरिङ गर्नेहरु दिनुहु बढिरहेकाले पहिलेको तुलनामा काम गर्न अलि गारो छ तर निखारिएको सीप हुने हो भने काम गरेर खान गारो नहुने परियार बताउनुुहुन्छ । परियारकोमा अहिले ३ जना काम गर्ने मान्छे पनि राखिएको छ । आफुसहित थप ५÷६ जना मिलेर सिलाईको काम गरिरहेको उहाँ बताउनुहुन्छ । विस्तारै पसल पनि बढाउदैँ जाने उहाँको योजना छ । यसको लागि केही तयारी पनि भइरहेको छ ।
उहाँ भन्नुहुनछ, ‘जागिर खोज्न गयो पढाइ र अनुभव सोधिन्छ । कम पढेका र अनुभव नभएकाहरुले कम मौका पाउछन् । केहि व्यवसाय आफैं गरौँ न त भन्ने योजना बनायो भने पनि कुनै सीप जानेको हुदैँन । लगानी गर्नको लागी पनि निकै गारो हुन्छ । कुनै सीप सिकौैँ न भन्दा पनि कहाँ सिक्ने र सिक्दा कति पैसा लाग्ला भन्ने धेरैलाई आइडिया पनि हुदँन । यी यावत् समस्याहरूबाट आजित भएपछि मानिस विदेशिन वाध्य हुन्छ ।’ यसको समाधान विषशेगरी स्थानीय तहको ध्यान जानुपर्ने उहाँको भनाई छ । सानो भएपनि व्यसाय गर्छु भन्नेहरु छन् भने अहिलेको नजिकको सरकार स्थानीय सरकार भएकाले विचार गर्नुपने अवस्था रहेको परियार बताउनुहुन्छ ।
यत्रो जवानीमै जिम्मेवारी र परिवारका भारले पढाइ नहुँदै पनि, उहाँ आत्मनिर्भर भएर अघि बढिरहनुभएको छ । सरलतम सीप–सिलाई—जीवन निर्वाहका लागि हतारमा सिध्याइएको साधन–तथा कर्म—रुपेशले यसलाई समय, समर्पण, र लगनशिलताबाट ‘व्यवसायिक पहिचान’मा परिणत गर्नुभयो । गाउँमै रोजगार सिर्जना, काम सिकाउने हात बढाउने, अनि केहि समय लगेर काठमाडौं–बनेपामा अनुभव आर्जन गर्ने लचिलो अन्तरदृष्टिले साकार पार्यो उहाँको सपना ।
उहाँ भन्नुहुन्छ, ‘सीप र लगन मात्र भए जीवन बदलेर लक्षसम्म पुग्न सकिन्छ । प्रत्येक चुनौतिमा अवसर खोज्न सक्दा, संघर्षको यात्रा शान्ति र सफलता बोकेर आउँछ । गाउँ–सहर–घर–देश जे होस्, आत्मनिर्भर रहन सक्ने माध्यम–रास्ता सीपमै लुकेको हुन्छ ।’ रुपेश अहिले पनि परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहकसँग व्यवसाय गरिरहनुभएके छ । उहाँको कथा नयाँ पुस्तालाई ‘सिलाई’ मात्र होइन, ‘सम्भावनाहरू बुन्ने कला’ सिकाउँछ । यसरी रुपेश परियारको सानो सुरुवातले आज ठूलो पहिचान बनाएको छ । सफलताको सिलाई संसारमा ‘हातले काम’, ‘मनले लगन’, र ‘आत्माले विश्वास’ बोल्छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस