विवाहलगत्तै अनिती र उहाँका श्रीमान दुवै वैदेशिक रोजगारीका लागि कतार पुग्नुभयो । जहाँ तीन वर्ष बिताउनुभयो । तर, कतारमा सिकेको अनुभव, आत्मबल र बचतले नेपाल फर्केपछि “आगमन फेन्सि स्टोर” शुरू गर्ने प्रेरणा दियो । विदेशमै हुँदा छोरीको जन्म भयो । अनिताको निर्णायक सोच थियो, “छोराछोरीको भविष्यका लागि, विदेश होइन, नेपालमै व्यवसाय गर्दा स्थायीत्व हुन्छ ।” बच्चाहरूको उज्जवल भविष्य सुनिश्चित गर्न अस्थायी विदेश होइन, दीर्घकालीन व्यवसाय नै सही भन्ने ठान्दै नेपालमा फर्कने निर्णयमा उहाँ पुग्नुभएको थियो ।
वैवाहिक जीवन शुरु हुनासाथै श्रीमान–श्रीमती दुनैजना वैदेशिक रोजगारीमा लाग्नुले एक समय पारिवारिक आर्थिक चुनौतिहरू पनि परे । तर, यो अवस्था नै उहाँहरूका लागि नयाँ सोच आरम्भ गर्ने प्रेरणा बन्यो । नेपाल फर्किएपछी अनिताका श्रीमान एकपट फेरी विदेशिनुभएको थियो । अहिले भने यहीँ जागिरमा लाग्नुभएको छ । अबका दिन भने नेपालमा नै यही व्यवसायलाई निरन्तरता दिने उहाँको अठोट छ । बनेपा गणेस्थान जाने बाटोको मुक्तिनाथ बैंक तल्लो पट्टी उहाँको पसल छ ।
उहाँले बालबालिकाका लुगा, इनरवियर र सम्बन्धित वस्तुहरू बिक्री गर्ने पसल स्थापना गर्नुभएको छ । सुरुवातमा थोरै रकम बचत र केही अन्य स्रोतबाट व्यवस्थित पुँजी कोलगायत गरी जम्मा करीब ९ लाख रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गर्नुभएको थियो । यद्यपि पसल नयाँ छ, उहाँको विशेष अनुभवले गर्दा ग्राहकको आकर्षण सहजै प्राप्त भएको छ । नयाँ पसल भए पनि नग्राहक रिजाउन सकियो भने पसलमा खाली बस्नु नपर्ने उहाँको अनुभब छ । विशेष गरी, पसलमा ग्राहकहरू खाली नबस्ने गरी त्यसलाई व्यवस्थित र आकर्षक बनाउने—यस्तो उहाँको दैनन्दिन प्रयास व्यवसायलाई परिचित गराउने रणनीतिको अभिन्न अंग बनेको छ । उहाँका अनुसार, गुणस्तरमा केन्द्रित सामग्रीले ग्राहकको विश्वास जित्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । त्यसैले सामानको छनोटमा उच्च प्राथमिकता दिइने र आवश्यक परेमा सुधार गर्ने र फीडब्याक लिने तयारी कायम राखिएको छ । उहाँको कडा मेहनत, लगन र समर्पणले गर्दा, हालसम्म मासिक औसत एक लाख रुपैयाँ हाराहारीमा कारोबार भईरहेको बताउनुहुन्छ । नाफामुखी उन्मुख व्यवसायभन्दा पनि, पहिले आफूलाई बजारमा स्थापित गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने—यस्तो यो व्यवसायको पहिलो उद्देश्य बनेको छ । उहाँले एक लाख रुपैयाँ हाराहारी मासिक कारोबार गर्दै सुरु गरेको यो सानो–व्यापार अब बिस्तारै पहिचान बनाउँदैछ । गुणस्तरीय सामग्री, ग्राहक–प्रतिक्रिया र नियमित प्रचार–प्रसारको संयोजनले गर्दा अहिलेबाटै भविष्यका मञ्चहरू खुल्ने सम्भावना देखिन्छ ।
अहिले पसल सम्पूर्ण खर्च उठाएर आफुलाई खर्च गर्न अरुको भर पर्नुनपरेकोमा उहाँको भनाई छ । यसमा अनिता सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिलेको पुस्ताभन्दा अहिलेको पुस्ताको सोच अलि फराकिलो छ । महिलालाई दोहोरो कामको जिम्मेवारी छ । घर पनि बाहिर पनि हेर्नुपर्छ । तर बुहारी मान्छे बाहिर निस्किनु हुँदैन भन्ने मानसिकता भने हटिसकेको छ । सबैको ईच्छालाई प्राथमिकता दिने पूस्ता भएकाले काम गर्न चाहने महिलाको लागि पनि बाटो खुल्ला छ । यसले सहज बनाएको छ ।’
सानैदेखी नर्स बन्ने उहाँको सपना थियो । तर विभिन्न कारणबस उहाँको त्यो सपना सपनामा नै सिमित भयो । म्यानेजमेन्टमा प्लसटु सक्काएपछी अनिता केही समय शिक्षण पेशामा पनि आबद्ध हुनुभयो । करिब २ बर्ष स्नातक तह अध्ययन गर्दै शिक्षण पेशा पनि सम्हाल्नुभयो । नर्स बन्ने सपनादेखी व्यवसायिक यात्र उहाँका लागि सहज थिएन । तर यहाँसम्मको यात्रा सहज थिएन । व्यवसायका प्रारम्भिक दिनहरूमा श्रीमानको निरन्तर साथले अनितालाई अघि बढ्न सहज बनायो । यो सहयोग र भविष्यको साझा सपना नै व्यवसायलाई सफल आधार बन्यो । अनिताको योजना स्पष्ट छः विदेशमा समय खर्च गरी त्यही रहेर पैसा कमाउने होइन, नेपालमै कडा मेहनत गरी आत्मनिर्भर बन्नु हो । नेपालको खस्किदोअ अर्थ व्यवस्थाले उहाँको मनोबल बारम्बार नगिरेको होईन तर पनि केही गर्छु भन्ने आँट अथावत रहेकाले उहाँलाई व्यवसायमा प्रेरित गरिरह्यो ।
नेपालमा महिला उद्यमीहरूले सीप, साधना र दृढतालाई व्यवसायिक रूप दिन सफल भएका छन् । दृढ इरादा, सीप, र परिवारको साथले नेपालको सन्दर्भमा व्यवसाय सफल हुन सक्ने उहाँको भनाई छ । अनिताका आगामी योजनाका चाङ नै बनेका छन् । डिजिटल मार्केटिङ(फेसबुक, टिकटक, इन्स्टाग्राम) मार्फत उत्पादन प्रदर्शन, ग्राहकसमक्ष स्टोरको दृश्यता बढाउने उहाँको योजना छ । “विदेश जान जरुरी छैन, घरमै रहेर मेहनत गरेमा पनि उज्जवल भविष्य बनाउँन सकिन्छ ।” अनिता भन्नुहुन्छ । उहाँले विदेशको अनुभव, परिवारको साझा सपनालाई सँगाल्नुभयो र नेपालमै व्यवसाय गरिरहनुभएको छ । गुणस्तरीय सामान, डिजिटल प्रविधि र बजारलाई सक्रिय रूपमा प्रयोग, ग्राहक–सम्बन्धमा विश्वास र निरन्तरता स्थापना यी कुराले “आगमन फेन्सि स्टोर”लाई दीर्घकालीन सफल उद्यमको रूपमा रूपान्तरण गर्नेमा अनिता निर्धक हुनुहुन्छ ।
व्यवसायलाई बढवा दिएर बिस्तारित गर्न चाहने अनिताले स्थानीय ग्राहकहरूलाई आकर्षित गर्दै, नयाँ–नयाँ स्टक, आकर्षक डिजÞाइन र उत्कृष्ट सेवाका माध्यमबाट “आगमन फेन्सि स्टोर”लाई एउटा विश्वासिलो ब्रान्ड बनाउन आफैँ–आफ्नै सामथ्र्यअनुसार अघि बढिरहनुभएको छ । परिवार, विशेष गरी श्रीमानको सकारात्मक सहयोगले उहाँलाई थप सहज भएको छ । छोराछोरीको भविष्य तथा दीर्घकालीन आर्थिक सुरक्षाका लागि व्यवसाय उत्तम विकल्प भएकाले जागिर खान तर्फ उहाँको सोच गएन । ग्राहक केन्द्रित सोच, गुणस्तरीय उत्पादन, र निरन्तर अपडेटको तयारीमा अनिता लागि पर्नुभएको छ । “बाहिर नगए पनि नेपालमै कडा मेहनत र त्यसलाई व्यवसायमै बदलेर आत्मनिर्भर जीवन बनाउन सकिन्छ ।” उहाँ भन्नुहुन्छ ।
मानिसहरुसँगको घुलमिलले मानिस सामाजिकीकरण हुनुको साथै नयाँ कुरामा पनि दख्ल राख्दै जाने उहाँको अनुभब छ । आम्दानीमा परनिर्भर हुनु परेन भने सबै काममा दक्षता हासिल गर्न सकिने उहाँ बताउनुहुन्छ । ३३ बर्षिय अनिताको एक छोरा र छोरी हुनुहुन्छ । छोराछोरीलाई यही राम्रो शिक्षा, संस्कार दिने र व्यवसायलाई निरन्तर दिने तर्खरमा उहाँ जुट्नुभएको छ । तीन वर्षको वैदेशिक रोजगारीपछि नेपाल फर्किएर आफ्नो पेसालाई आत्मनिर्भर र भविष्यमुखी व्यवसायमा परिणत गरी यही स्थापित हुने उहाँको योजना छ । व्यापार बढाउँदै पसलको दायारा पनि बढाउने उहाँको तयारी छ ।