काभ्रेको पनौती नगरपालिका वडा नं. २ का श्याम तिमल्सिनाले कृषिमा लामो फट्को मार्दै सफल कृषको रुपमा आफ्नो परिचय दिईरहनुभएको छ । विहानको झिसमिसेदेखि साँझको रिमरिमेसम्म खेतमै पसिना बगाउने तिमल्सिनाको जीवनशैली आफैंमा प्रेरणादायी छ । सुरुवातमा ५ रोपनी जमिनमा सीमित खेती गर्दै आउनुभएकोमा अहिले १४ रोपनी क्षेत्रफलमा विविध खेती गर्दै हुनुहुन्छ । मेहनत, लगानी र लगावका कारण उहाँको कृषि व्यवसायमा आम्दानीसमेत उल्लेख्य रुपमा बढेको छ। “नेपालमै सुन फल्छ भन्ने कुरा केवल भनाइ होइन, कामले साबित गर्न सकिन्छ,” तिमल्सिना भन्नुहुन्छ । ४० वटा टनेलबाट सुरु गरेको यात्रालाई अहिले ६५ टनेलसम्म विस्तार गर्नुभएको छ । लाखौँ रुपैयाँको लगानीमा सञ्चालनमा रहेको उनको कृषि फार्म आज कृषि क्षेत्रमै एक सफल उदाहरण बनेको छ ।
उहाँको खेतमा अहिले सिजन अनुसारका तरकारी छन् । काउली, गोलभेडा, काक्रो लगायतका तरकारी उहाको टनेलामा उत्पादन भइरहेको छ । १५ रोपनीमा ६० वटा टनेला बनाएर गोलभेडा खेती गरिरहनुभएको छ । विदेशहरूमा पुगेर सोचेअनुसारको कमाई नभएपछि नेपालमा फर्केर विभिन्न खालका व्यवसाय सञ्चालन गर्ने उहाँले योजना बनाउनुभएको थियो । विदेशमा १२ घण्टा काम गर्नुपथ्यो । जसकारण उहाँलाई त्यही गर्ने मिहेनत नेपालमा गयो भने त्यहाँ हुने आम्दानीभन्दा धेरै नेपालमा गर्न सकिन्छ भन्ने कुराको आभास भयो । त्यसपछि उहाँ नेपाल आउनुभएको थियो । विदेशमा खासै राम्रो कमाई पनि हुन सकेन । कामको धेरै चापको कारण तनाव पनि निकै हुन्थ्यो त्यसकारण उहाँले नेपालमा फर्केर केही व्यवसाय गर्ने योजना बनाउनुभयो । करिब ७ वर्षदेखी नेपालमा आएर उहाँले गोलभेडा खेती गरिरहनुभएको छ ।
तिमल्सिनासँग ५ वर्षको विदेश बसाईको अनुभव छ । कक्षा १२ को अध्ययनपछि ३ वर्ष मलेशिया र २ वर्ष कतारमा जानुभएको थियो पछि नेपालमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले विदेशमा कमाएको मध्ये ५ लाख आफ्ने ठाउँमा आएर गोलभेडा खेतीमा लगानी गर्नुभयो । अहिले त्यही लगानीले उहाँको पहिचान छाटो समयमा नै सफल किसानक रुपमा परिचित गराएको छ । गोलभेडा खेती गर्न थालेपछि एक वर्षमा नै ५ लाख सम्म नाफा भएको अनुभव सुनाउदैँ उहाँ भन्नुहुन्छ, ‘लगानी बढेपछि आम्दानी पनि बढ्छ । त्यो बढेको आम्दानी किसानको लागि प्रेरणा हुनुसक्छ । राम्रो आम्दानी र बजार भयो भने किसान कृषिमा नै टिक्न सक्छन् । उहाँका अनुसार पनौतीमा गोलभेडा खेती गर्न चाहने हो भने धेरै सम्भावना छ । त्यो सम्भावनालाई पूरा गर्नको लागि युवा वर्गको ठुलो भूमिका हुन्छ । छोटो समयमा धेरै पैसा कमाउने लोभ सबैमा हुन्छ तर त्यसको मिहेनत गर्नुपर्छ । मिहेनत गरेर पनि छिटो र राम्रो प्रतिफल दिने भनेको कृषिले नै भएको उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ’सुरुमा गोलभेडा खेतीको लागि विदेशमा हुदाँ कमाएको मध्येकै ५ लाख पैसा लगानी गरेको थिए । कामको सुरुको वर्ष पाटर्नसिपमा काम गरेको थिए । हामी त्यो बेलमा २ जना थियौ । हामीले २० वटा टनेला बनाएका थियौ । पहिलो वर्ष उत्पादन भएको गोलभेडा बेच्दा हामी दुई जनाले करिब डेढ लाख नाफा बचत भएको थियो । अहिले भने म एक्लैले काम गरिरहेको छु । एकल रुपमा गर्न थालेपछी मैले टनेला पनि बढाए । टनेला बाहिरको खेतीलाई पनि बढाउन थाले । जस्तो टनेलामा मात्र नभएरेला बाहिर पनि काक्रो लगायत अरु तरकारी पनि लगाउन थाले । यसले ठाउँको सदुपयोग भयो । यसका साथै सोही क्षेत्रमा लगानी गर्दा अरु बेला भन्दा राम्रा आम्दानी हुन थाल्यो । मैले नयाँ नयाँ आइडिया लगाउन थाले । अहिले मलाई धेरै अनुभव पनि भइसकेको छ र पहिले भन्दा सहज पनि । उहाँ भन्नुहुन्छ, ‘सुरुमा खेती सुरु गर्दा तालिमहरु पनि लिएको थिएन । विदेशमा वसेको र नेपालमा हुदाँ पनि खासै काम नगरेका कारण मसँग कुनै लामो नुभव पनि थिएन । लगानी नै डुब्ने हो को भन्ने पनि डर थियो। तर नेपालमा काम गर्दा आफ्ने काम हुने भएकाले आफै कामदार र आफै मालिक भइने हुद सजिलो लाग्यो ।
कमाएको पैसा कति बचाउने र कति खर्च गर्ने भन्ने कुरा मात्र हो । नत्र विदेशमा भन्दा कम मिहेनतमा नै राम्रो कमाई नेपालमा नै हुने उहाँको भनाई छ । खुल्ला खेतीमा काम गर्न भन्दा टनेलामा काम गर्न सहज हुने भएकाले टनेलाको संख्या बढाउने उहाँको योजना छ । यसको लागि उहाँले विभिन्न खालको पहल पनि गरिरहनुभएको छ । कृषि अनुदान वा ऋण सहुलियतमा भयो भने किसानहरुलाई सहज हुने उहाँ बताउनुहुन्छ । यसको लागि उहाँले विभिन्न संघसंस्था र स्थानीयतहलाई अपिल पनि गर्नुभएको छ । यस्ता कुरामा किसानहरुलाई स्थानीय तह वा सम्बन्धित निकायले विषेश ध्यान दिनुपर्ने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘यसमा स्थानीय तहहरुले पनि यस्ता काममा अझ हौसला दिनुपर्छ जस्तो लागछ मलाई । यसको अर्थ स्थानीय तह वा अन्य संघसंस्थाको भर परेर बस्नुचाही हुन्न। आर्थिक उपार्जन गर्नको लागि विदेशलाई मात्र केन्द्र ठान्ने युवाहरुको बानी सुधार्नुपर्छ बजार मूल्य स्थिर नहुदाँ पनि समस्या आउने गरेको छ बजारको मूल्यमा पनि सुधारात्मक कुराहरु पनि हेरफेर गर्नु आवश्यक छ।’
अहिले तरकारीमा मलको लागि समस्या भइरहेको छ । किसान पहिचान हुन नसकेको उहाँ बताउनुहुन्छ । स्थानीय तह या सरकारी स्तरबाट लगानी वा अन्य कुरामा स्थानीय तहले महत्वपूर्ण भूमिका हुनु आवश्यक छ। यसमा सरकारी तहले अलि कम सहयोग गरेको हो की भन्ने पनि महशुस गरेको छ।’ आधुनिक तरिकाले खेत गर्ने उहाँले योजना बनाउनुभएको छ। लगानीको कुरामा अलि समस्या भएको छ । घरपरिवारले पनि काममा निकै सहयोग गरिरहनुभएको छ । जसका कारण आफई पनि सहज भएको तिमल्सिनाले बताउनुहुन्छ । अबको दिनमा यसलाई बढाउदैँ लैजाने उहाँको योजना रहेको छ ।