आधुनिकीकरण माछा पालनमा मेहेनत र लगनशीलता देखाउँदै उपेन्द्र

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ अषाढ २३, सोमबार (५ महिना अघि)
  • ३४३ पटक पढिएको

आधुनिकीकरण माछा पालनमा मेहेनत र लगनशीलता देखाउँदै उपेन्द्र
पनौती नगरपालिका–१ मानेदोभानका उपेन्द्र रञ्जितकारको “फुलचोकी रेन्बो ट्राउट फार्म”ले निकै राम्रो गति लिइरहेको छ । गत असोजमा गएको बाढी पहिले फर्म संरचनामा निकै क्षती पुगेको थियो । करिब ५०÷६० लाख क्षती भएको थियो तर रञ्जितकारको हिम्मतले उहाँको व्यवसायिक धरोहर फेरी ठडिएको छ । रञ्जितकार मानेदोभानका स्थायी बासिन्दा हुनुहुन्छ । सामान्य परिवारमा हुर्केका उहाँले सुरुवातदेखि मिहेनती र आत्मनिर्भर जीवन मूल्यमान कोशिस गर्नुभयो, जहाँ स–साना उपलब्धिहरूले मात्र विशेष मान मिल्थ्यो । उहाँले सदैव परिवारको साथ पाउनुभएको छ । जसले गर्दा भावनात्मक सुरक्षा र निर्णयमा आत्मविश्वास प्राप्त भएको उहाँको भनाईछ ।
“विदेशिनु हुँदैन” भन्ने परिवारको मूल विश्वासको प्रभावले पनि उहाँको सोच र व्यवहारमा स्थायीत्व आएको छ । उपेन्द्र हाल “फुलचोकी रेन्बो ट्राउट फार्म” मा आफ्नो पेशामा जुटिइरहनु भएको छ । यो फार्ममा उहाँ ट्राउट माछा पालन, व्यवस्थापन तथा विक्रि–वितरणका जिम्मेवारीहरू सम्हाल्नुहुन्छ । माछापालनमा आधुनिकीकरण र गुणस्तरीय उत्पादनका लागि उहाँले मेहनत र लगनशीलता दुबै देखाइरहनुभएको छ ।
उपेन्द्र आफ्नो जीवन र व्यवसायमा संयम र समर्पणका साथ अघि बढिरहनुभएको छ । रञ्जितकार काममा निरन्तरता र नवीनतालाई प्राथमिकता दिनुहुन्छ । परिवारको साथ र मूल्य–बोधले उहाँलाई आत्मबल र अनुशासन सिकाएको छ । आफ्नो गाउँ र देशमै बस्ने र आर्थिक विकास गरिरहने उहाँको दृढ संकल्प स्पष्ट छ । फर्ममा काम सघाउँनको लागि ४ जना मासिन राखिएको छ । बाँकी काम उहाँ परिवारको साथमा नै रेखदेख गरिरहनुभएको छ ।
३७ बर्षिय रञ्जितकार १६ बर्ष ट्राउट फर्ममा आबद्ध हुनुहुन्थ्यो । यसैले गर्दा पनि काममा थप सहज भएको उहाँ बताउनुहुन्छ । करिब ६ बर्षदेखि रन्जितकार आफ्नै फर्म संचालन गरिरहनु भएको छ । ’पहिलेदेखि नै यहि काममा अनुभव भएकाले अरु काममा मनै गएन ।’ उहाँ भन्नुहुन्छ, ’नजानेको काम सुरुदेखी नै सिकेर बस्नुभन्दा जानेको कामलाई नै बिस्तार गर्ने योजनाको साथ म यो कामम लागेको थिए । सन्जोक बस मलाई फाप्यो पनि । अहिले म केही हदसम्म सफल भएको छु भन्ने लाग्छ ।
उपेन्द्र रञ्जितकारको “फुलचोकी रेन्बो ट्राउट फार्म” अहिले १५ सय किलो माछा राख्न सक्ने क्षमता भएको १० वटा पोखरीमा चलिरहेको छ । फार्ममा हालसम्म करिब ९० लाख रुपैयाँ लगानी भइसकेको छ र वर्षेनी १५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उहाँले बताउनुहुन्छ । फार्म धुलिखेलमा दर्ता गरिएको छ र प्रदेश सरकारले दुई वर्षअघि करिब साढे १२ लाख रुपैयाँ अनुदान दिएको थियो, जसले व्यवसायमा ठोस प्रोत्साहन मिलेको रन्जितकारको भनाइ छ । मानेदोभान आउन नभ्याउने अथवा नसक्नेको लागि काठमाडौँ भ्यालीमा होमडेरिभरीको समेत व्यबस्था रहेको उहाँको बताउनुहुन्छ । साथै उहाँकोमा आवासिय सुविधा समेत उपलब्ध छ ।
ट्राउट पालनको सफलताका कारण बताउदै उहाँ भन्नुहुन्छ, “ट्राउट माछको विशेषता धेरै भएकाले बजार खोज्दै हिड्नु नपर्ने अनि फलस्वरूप ग्राहकहरू आफैं फार्मसम्म आउँछन् । नेपालमा नै बसेर व्यवसायमा केही गर्ने युवाहरूका लागि उहाँको यो अनुभव प्रेरणादायी उदाहरण बन्नसक्छ ।  नेपालमा ट्राउट व्यवसाय आर्थिक रूपमा उपयुक्त रहेको समेत चिनिएको छ । उहाँको उद्यमी अनुभवले पुष्टि गर्छ कि फर्म पनि आर्थिक विवेकपूर्ण मार्गमा अगाडि बढिरहेको छ ।
प्रदेश सरकारले नै फर्म निर्माणका लागि अनुदान उपलब्ध गराउने नीति अगाडि बढाइरहेको छ । यसले निजी लगानीमा थप आत्मविश्वास जगाउनेछ र स्थानीय रोजगारी अवसरहरू पनि सिर्जना गर्नेमा म विश्वस्त छु । रन्जितकारको ट्राउट फार्मलाई हेर्दा पक्का देखिन्छ । व्यवसायिक लगानी, सरकारी समर्थन, गुणस्तरीय उत्पादन र बजारको सहज पहुँचले यो सफलताको संकेत हो । यस्तो व्यावसायिक मोडलले नेपालमै बसेर उद्यम गर्न चाहने युवा र परिवारशैलीका वृद्ध उद्यमीहरूका लागि थप प्रेरणा मिल्नेछ ।
असोजको बाढी पहिरोपछी फर्मको दायरा बढाउने उहाँको कुनैपनि तत्कालिन योजना छैन । भइरहेको कामलाई नै निरन्तरता दिने योजनाका साथ उहाँ अगाडी बढिरहनुभएको छ । पहिले जस्तो बजार खोज्दै हिड्नु नपरेकाले थप सहज भएको उहाँको भनाई छ । मानेदोभान ट्राउट हब बन्दै गएकाले पनि थप सहज भएको उहाँ बताउनुहुन्छ । फिसिङ गर्नकै लागि काठमाडौँदेखी आउने गरेको उहाँको बताउनुहुन्छ । स्थानीय स्तरमा नै बसेर व्यवसाय गर्न चाहानेको लागि स्थानीय तहको विषेश सहयोग हुनुपर्ने उहाँ बताउनुहुन्छ । मिहेनत गर्नेले नेपालमा पनि विदेशमा पनि उत्तिकै आम्दानी गर्न सकिने उहाको भनाई छ । हत्तपत्त रोग नलाग्ने भएकाले यो माछा पालन व्यवसायको लागि राम्रो भएको उहाँ बताउनुहुन्छ ।
 असोज महिनामा आएको बाढी–पहिरोले रञ्जितकारको फुलचोकी रेन्बो ट्राउट फार्मलाई विस्तार गर्ने तत्काल कुनै योजना बन्न सकेन । तर यति बेला पनि उहाँले भइरहेको काममा नै निरन्तरता दिने सोच बनाउनुभएको छ । अहिले त्यहाँ १५ सय किलो माछा अट्ने क्षमता भएको १० वटा पोखरीहरू सञ्चालनमा छन् । ‘बजार सहज भएकोले पूर्वतः बजार खोज्नुपर्ने झन्झट अन्त्य भएको छ ।’ उहाँले भन्नुभया । माने दोभान ट्राउट हब बन्दै गएकाले थप सहज भएको छ । यस क्षेत्रले औद्योगिक–व्यावसायिक गौरव पाउँदै जाँदा, काठमाडौँबाट मात्र नभई देशका विभिन्न भागबाट फिसिङका लागि मानिसहरू आउन थालेका छन् । काठमाडौँ–मूलक ग्राहकहरू फोन गरेर पोखरीसँगैको फिसिङ अनुभवसमेत चाहन्छन्, जसले उत्पादनको आन्तरिक बजार बलियो बनाउँने उहाँ बताउनुहुन्छ ।
स्थानीय तहबाट पनि व्यवसायिक समर्थन आवश्यक रहेको रन्जितकारले जोड दिनु भयो । स्थानीय स्तरमा नै बसेर व्यवसाय गर्न चाहानेको लागि स्थानीय तहको विशेष सहयोग हुनुपर्ने अर्थात, स्थानीय कार्यक्रम, अनुदान, तालिम र बजार सञ्जाल तयार गर्न सरकारको भूमिका अतिनै आवश्यक छ । समग्रमा हेर्दा, रञ्जितकारको योजना स्थायित्वमै आधारित छ । बाढी–पहिरोले थप विस्तारमा बाधा पु¥याए तापनि, उहाँले अहिलेको क्षमता उपयोग गर्दै भावी आवश्यकताको लागि मौलिक आधार तयार पार्दै अगाडि बढ्ने सोच राख्नुभएको छ । साथै, स्थानीय सामुदायिक सहयोग ट्राउट फार्मिङलाई आत्मनिर्भर र दीगोपनिय व्यवसायका रूपमा विकसित हुने प्रेरणा दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस