व्यवसायलाई प्रबर्धन गर्न काभ्रेका युवा उद्यमी सक्रिय

समस्या, समाधान, व्यवसाय बिस्तार तथा प्रर्बद्धनमा निरन्तर छलफल
  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ श्रावण १५, बिहिबार (४ महिना अघि)
  • ४८३ पटक पढिएको

व्यवसायलाई प्रबर्धन गर्न काभ्रेका युवा उद्यमी सक्रिय

धुलिखेल/ब्यबसायलाई प्रबद्र्धन गर्न काभ्रेका युवा उद्यमीले सक्रियता देखाउन थालेका छन । युवा उद्यमशीलताको प्रवद्र्धन र संगठनात्मक सञ्जाल नेप्लिज युथ एन्टप्रेनियर्स फोरम एनवाईइएफ काभ्रेले प्रत्येक महिनामा युवाहरु उद्यमीहरुका समस्या, समाधान, व्यवसाय बिस्तार तथा प्रर्बद्धन लगायतका विषयमा छलफल गर्दै आएको हो । उद्यम क्षेत्रमा व्यवसाय प्रर्बद्धन गर्नु आवश्यकता रहेकोले यसलाई विशेष प्राथमिकतामा राखिएको नेप्लिज युथ एन्टप्रेनियर्स फोरम एनवाईइएफ काभ्रेका अध्यक्ष आशिष हुमागाईले बताउनुभयो । प्रविधिले ल्याएको परिर्वतनसँगै उद्यमका क्षेत्रमा पनि नयाँ प्रविधिलाई अपनाउँदै विकास गर्नु पनि आवश्यकतालाई सम्बोधन गर्न खोजिएको एनवाईइएफ काभ्रेले जनाएको छ । डिजिटल बिजनेश, डिजिटल मार्केटिङ्ग, डिजिटल फाइनान्स, कन्ज्युर्मस् साइकोलोजी लगायतका विषयको जानकारी गराउने उद्देश्यसहित काभ्रेका युवा उद्यमीहरुलाई कार्यशला सञ्चालन गरिएको अध्यक्ष हुँमागाईँले जानकारी दिनुभयो । युवा उद्यमीहरुको प्रोत्सहान तथा उनीहरुको व्यवसाय प्रर्बद्धन गर्न प्रत्येक महिना फरक–फरक खालका कार्यक्रम गर्दै आएका छन । युवा उद्यमीलाई स्वदेशमै सिर्जनशील बन्न प्रेरित गर्नुका साथै सिर्जनशील तथा नयाँ पिढीका युवा उद्यमशीलता तथा व्यवसायतर्फ आकर्षित गर्न एनवाईइएफ काभ्रेले लामो समयदेखि काम गरिरहेको फोरमकी पूर्व अध्यक्ष ज्योत्सना सैंजुपनि बताउनुहुन्छ । फोरमले मंगलबार सञ्चालन गरेको कार्यक्रममा काभ्रेका ४० जना युवा उद्यमीहरु सहभागी थिए । कार्यक्रममा संजोग कोइरलाले प्रस्तुतीकरण दिनुभएको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस