पौरखी प्रकाशको लोभलाग्दो मेहेनत

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ श्रावण १५, बिहिबार (५ महिना अघि)
  • ६४२ पटक पढिएको

पौरखी प्रकाशको लोभलाग्दो मेहेनत

गत असोजमा गएको बाढी पहिरोपछी रोशी गाउँपालिका वडा नं ६ प्रकाश रेग्मीको पनि त्यसयता दैनिकीमा निकै परिवर्तन आएको छ । तरकारी खेती र पशुपालनमा जमेका रेग्मीको व्यवसायमा नै फेरबदल भएको छ । पहिले तरकारी खेती र गाईभैसीं पालनमा मग्न रेग्मी अहिले दुधबाट बन्ने अन्य परिकार पनि बनाउनुहुन्छ । पनिर, घिउ, छुर्पि, दुर्खा लगायतका परिकार उहाँको तयार हुन्छ । आम्दानी पनि राम्रै भइरहेकाले आफु सन्तुष्ट रहेको उहाँको भनाई छ ।
समय आउँछ, पर्खन सक्नुपर्छ । यो भनाई रेग्मीको जिवनमा ठ्याक्कै मेल खान्छ । रेग्मी कक्षा ११ मा अध्ययन गर्दा गर्दै कमाउने रहर अनि वाध्यता दुबैले घेरेपछी विदेशिनु भएको थियो । १७ बर्षको उमेरमा नै खाडी मुलुक छिर्नुभएका रेग्मीले विदेशमा पनि कृषिका फर्महरुमा नै काम पाउनुभयो । विभिन्न थरीका फर्म देखेपछी रेग्मीलाई नेपालमा गरिने खेतीलाई आधुनिकरण गर्दै अर्गानिक खेतीमा झुकाब हुन थाल्यो । केही बर्षमा छोडेर गएको कृषिमा नै आफ्नो भविष्यको सपना बुभनेर रेग्मी नेपाल नै फर्किनुभयो । अनि सुरु भयो उहाँको व्यवसायिक कृषि यात्रा ।
रेग्मी अहिले नेपालमा नै लाखौंको आम्दानी गरिरहनुभएको छ । सानैदेखी समाज परिवर्तन गर्नुपर्छ भनेर सोच राख्ने रेग्मी अहिले समाजसेवा र राजनीतिमा पनि अब्बल भूमिकामा हुनुहुन्छ । समाजमा सकारात्मक परिवर्तनको लागि उद्यम व्यवसायलाई नै अगाडी बढाउनुपर्छ भन्ने दृढ विश्वासले अहिले गति लिएको छ । परम्परागत कृषिलाई व्यवसायिकिकरण गर्न सकियो भने ग्रामिण भेगमा आम्दानीको दायरा बढाउन सकिन्छ भन्ने उहाँको सोच सधै उच्च रह्यो । त्यसकारण पनि होला, आफुले पनि कृषिकै विभिन्न माद्यमबाट
२०६५ सालमा एउटा संस्था गाउँमा बीउ बिजन उत्पादन गर्ने उद्देश्यले आएको थियो । रेग्मीले त्यही संस्थाको सहयोगमा विभिन्न जातका बीउ विजन उत्पादन गर्नुभयो । यो बीचमा बीउ विजनको बारेमा धेरै ज्ञान हासिल भयो । कृषिमा नयाँ प्रविधिको बारेमा पनि जानकारी मिल्दैँ गयो । त्यो बाहेक सिंचाई र पानीको लागि समस्या थियो । त्यसमा फेरी थप नयाँ एउटा संस्थाको सहयोगमा त्यो समस्या पनि हल भयो । यसरी यही क्षेत्रमा आफ््नो पनि धेरै अनुभव भइसकेको र आफ्नो ठाउँ दुध, तरकारी उत्पादनको लागि धेरै राम्रो भएकाले श्री कोठथुम्का महांकालादश कृषि फर्म नाम दिएर आधिकारी कृषि यात्रा अगाडी बढेको थियो । दुध उत्पादन, घ्यु,मासु, लोकल प्रजातीका तरकारी जस्तै मकैका च्याख्ला, मकै, सिस्नु उत्पादनगरी बिक्रि वितरण गर्नेगरी उहाँको फर्म सुरु भएको थियो । अहिले दुधबाट उत्पादन हुने विभिन्न परिकार बनाएर बेच्ने रेग्मी अहिले आफ्नो काममा निकै सन्तुष्ट हुनुहुन्छ ।


२०७० सालदेखी रेग्मी व्यवसायिक तरकारी खेतीमा लागिरहनुभएको छ । उत्पादन व्यापार दुबै निकै राम्रो भएकाले यसमा आफु पनि निकै सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ । चतरकारी खेती गर्दा बेला बेलामा बजारको समस्या भइरहेको हुन्थ्यो । त्यसकारण बजारको लागि पोखरा, चितवनसम्म पुग्ने गरेकाले थोरै भए पनि राहत मिलेको उहाँ मिल्थ्यो । तर पनि आफ्ना ठाउँमा भएको उत्पादनलाई विभिन्न ठाउँमा पुर्याउन वा प्रवद्धन गर्न समय लागिरहेको थियो । अहिले भने बजारको लागि खासै समस्या छैन । बनेपा, काठमाडौँका विभिन्न ठाउँमा उहाँको उत्पादन पुग्ने गरेको छ ।
१५ रोपनी आफ्नै र केही रोपनी जग्गा लिजमा लिएर रेग्मीले अहिले पनि थरिथरिका तरकारी लगाईरहनुभएको हुन्छ । यो बर्ष भने काक्रो मात्र रोपिएको छ । आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी ठुला मार्केटमा पुर्याउनको लागि पहल गरिरहनुभएको छ । रोशी खोलाको पुल भत्किएपछी बजारमा सामान पुर्याउन गारो भएको भन्दै उहाँले तरकारी खेती अहिले घटाईरहनुभएको छ । मार्केटको बारेमा आफैले बुझेर काम गर्दा बिचौलियाको हातमा सुम्पिनुनपर्ने उहाँ बताउनुहुन्छ । ३१ बर्षिय रेग्मी आफु मात्र होईन कृषिमा अरु युवाहरुमा पनि होमिन जागरुक बनाउनु हुन्छ । यो क्रममा आफु केही हदसम्म सफल भएको उहाँ बताउनुहुन्छ ।
नयाँ सिजना सुरु हुँदै गर्दा कामको चाप पनि दिनानुदिन बढिरहेकोछ । रेग्मी भन्नुहुन्छ, ‘बुबाको निधनपछी सबै पशु चौपय बेच्नु परेको थियो । त्यसकारण अहिले गोठ सुन्य भएको छ । केही समयमा थप गर्ने काम हुने छ । विस्तारै सकेको गर्दै जानेछु ।’ दुःखमा पनि आफुमा हौसलाको कमी हुन नदिने रेग्मीको स्वभावले उहाँलाई सफल बनाएको छ । उहाँको गोठमा ४ वटा भैंसी छ । आफलु व्यस्त रहने भएकाले एक जना काम गर्न सहयोगि राख्नुभएको छ । उहाँको आफ्नै दुध संकल केन्द्र भएकाले पनि काम गर्न थप सहज भएको छ । चौरीको दुध खोज्न उहाँ सिन्धुपाल्चोकका विभिन्न ठाउँमा पनि पुग्नुहुन्छ । बजारमा दुधको भाउँ नपाईने अहिलेको मुख्य समस्या भएको उहाँ बताउनुहुनछ । बजारमा मिसावटमा पाईने दुधभन्दा आफुले उत्पादन गरेको शुद्ध दुधको प्रवद्र्धन गर्ने उद्देश्य भएको उहाँ बताउनुहुन्छ । त्यो बाहेक तरकारी पनि बजारीकरणको कारण किसान समस्यामा नपरुन् भनेर स्थानियस्तरमा नै काम गर्ने उहाँको योजना छ । मौसमी तरकारीले भाउ नपाउने समस्या भएकाले यसमा पनि थप काम गर्ने उहाँको योजना छ । यी योजनाहरुलाई साकार पार्नको लागि उहाँले तयारीहरु पनि सोही अनुसार गरिरहनुभएको छ । आफ्नो नियमित व्यवसायसँग रेग्मीले आफ्नो समाजसेवालाई पनि निरन्तरता दिने ठान्नु भएको । राजनीतिमा पनि आफ्नो सक्रिय भूमिका निभाउँदै जाने उहाँको तयारी पनि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस