मिलिजुली कालिञ्चोक साकोसको ३३ औ स्थापना दिबश सम्पन्न

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ भाद्र ८, आईतबार (४ महिना अघि)
  • २४५ पटक पढिएको

मिलिजुली कालिञ्चोक साकोसको ३३ औ स्थापना दिबश सम्पन्न

मिलिजुली कालिञ्चोक साकोसको बिभिन्न कार्यक्रम बिच ३३ औ स्थापना दिबश सम्पन्न ।

मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. चरिकोट, दोलखाले आफ्नो ३३ औ स्थापना दिबश एक समारोहको बिच सम्पन्न गरेको छ । संस्थाको २०८२ साल भाद्र ७ गते आफ्नै हलमा संस्थाको अध्यक्ष श्री कृष्ण बहादुर गौतमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम प्रमुख अतिथि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ. लि को बरिष्ठ उपाध्यक्ष श्री जिबशराज खड्काले बिधिवत रुपमा उद्घाटन गर्नु भएको थियो । अतिथिको रुपमा जिल्ला सहकारी संघ दोलखाका बरिष्ठ उपाध्यक्ष श्री कृष्ण प्रसाद दहाल, संस्थापक अध्यक्ष श्री रामदास श्रेष्ठ , पुर्ब अध्यक्ष श्री कृष्ण बहादुर दहाल, रक्त सञ्चार केन्द्रका संयोजक श्री गोकर्ण प्रसाद पोखरेलले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा संस्थाको तर्फबाट महिला उपाध्यक्ष श्री सरुणा बस्नेतले उपस्थित सम्पुर्णमा कार्यक्रमको उदेश्य , औचित्य माथि प्रकास पार्दै स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
३३ औं स्थापना दिबशको समारोहमा संस्थाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३३ जना ब्यक्तिहरुले रगत दान गर्नु भएको थियो ।
संस्थाले आर्थिक बर्ष २०८१÷०८२ मा प्रदान गरिने सदस्य सम्मान कार्यक्रम अन्र्तगत बिभिन्न बिधामा दिने सम्मान तथा प्रशंसा पुर्ब सञ्चालक , पुर्ब लेखा समिति, उत्कृष्ठ कर्मचारी र शेयर सदस्यहरुलाई प्रदान गरेको थियो ।
उक्त समारोहमा नेफस्कुन सदस्य सेवा कार्यलय चरिकोटका प्रमुख, नेपाल रेडक्रस सोसाइटी दोलखाको प्रतिनिधि, नेपाल स्वयमसेबी रक्तदाता समाज दोलखाको प्रतिनिधि, संस्थाको लेखा समिति , पदाधिकारी समिति , सञ्चालक, बिभिन्न उपसमिति, प्रमुख कार्यकारी अधिकृत लगायत सम्पुर्ण कर्मचारीहरुको सहभागी भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस