कुखुरा पालनमा एक ज्वलन्त नाम हो प्रदिप कार्की । पनौती ६ दलिनचोकका कार्कीले १० बर्षसम्मको शशस्त्र प्रहरीको जागिरलाई थाती राखेर यो व्यवसायको थालनी गर्नुभएको थियो । एक सय वटा कुखुराबाट सुरु गर्नुभएको प्रदिप कार्कीको कुखुरापालन व्यवसाय अहिले हजारौँ पुगिसकेको छ । जागिरमा निर्भर भएर जति कमाए पनि बचाउन सकिन्न भन्ने आफ्नै निष्कर्शपछि उहाँले सशस्त्रको जागिर छोड्नुभएको थियो । व्यवसायमा केही गर्छु भन्ने आत्मविश्वास र परिवारको साथका कारण कार्कीले आफ्नो व्यवसायिक धरोहर खडा गर्न सफल हुनुभएको छ ।
जागिर छाड्दा अब के होला भन्ने दुबिधा त थियो तर पनि आफ्नो अठोट र आत्मविश्वासमा कुनै संका थिएन । काम छोडपछि कुखुरा पालनमा नै लाग्ने सोच बनाउनुभएका कार्की अहिले सफल कुखुरा व्यवसायीको रुपमा चिनिनुहुन्छ । उहाँको खोरमा अहिले लेस कुखुरा ५ हजार र ब्रोइलर ३० हजार रहेका छन् । फर्ममा ३ करोडभन्दा धेरै लगानी भइसकेको छ । लेस कुखुरा अण्डाको लागि र ब्रोइलर मासुका लागि पालिएको हो । २०६६ साल चैतदेखी सुरु भएको उहाँको कुखुरा पालनको यात्रा केही बर्षअघि मात्र ठुलो व्यवसायको रुपमा समेटिएको थियो ।
सुरुमा आफु शशस्त्रमा हुदाँ घरमा थोरै थोरै कुखुरा पालिएको हुन्थ्यो । त्यहाँबाट सामान्य रुपमा भएपनि आम्दानी भइरहन्थ्यो त्यो आम्दानीको कारण उहाँलाई कुखुरा पालन गर्न सकियो भने आम्दानी राम्रो नै हुनेरहेछ भन्ने कुराको भान भयो । त्यसको केही समयमा जागिर छोडेर एक सय वटा कुखुरा पाल्नुभयो । दोस्रो चरणमा ३ सय, ५ सय, १५ सय हुदैँ अहिले २५ हजार वटा कुखुरा पालन गर्दा कमाई मात्र होइन धेरै कुरा सिक्ने अवसर पनि मिलेको उहाँको भनाई छ । आफ्नो व्यवसाय बढाउनको लागि परिवारको पनि ठुलो सहयोग रहेको उहाँ बताउनुहुन्छ । परिवारमा श्रीमती र छोरा छन् । एसएलसी सम्मको अध्ययन गर्नुभएका कार्की निकै मिहेनती व्यक्तिको रुपमा चिनिनुहन्छ । कार्कींको फर्ममा अहिले १६ जना कर्मचारी छन् । सबै कर्मचारी घर वरपरका नै रहेका छन् । धेरै काम पर्दा ज्यालमा समेत कर्मचारी मगाउने गरिएको छ । कर्मचारीमा पुरुषभन्दा महिला काममा पनि टिक्ने र पारदर्शी अनि सररफाईमा पनि ध्यान दिने भएकाले महिला कर्मचारी धेरै राखिएको उहाँको भनाई छ । महिलाहरु घरको काम भ्याएर पनि काम गर्न आईपुग्छन् । यसमा आफुलाई पनि खुसी लाग्ने गरेको कार्की बताउनुहुन्छ । कार्कीकाअनुसार कर्मचारिलाई कामको आधारमा नै तलब तोकिएको छ ।
काममा सधै लगनशिलता र मिहेनत देखाउने कार्की न त भूकम्पको बेला आत्तिनुभयो न त कोरोनाको समयमा । हिम्मतले काम गर्दा सधै सफलता हात पर्ने बताउनुहुन्छ कार्की । २०७२ सालमा करिब २ हजार वटा जति कुखुरा मरेका थिए । त्यो समयमा कार्की अव कसरी उकासिने होला भनेर चिन्ता लिनेभन्दा पनि जसरी पनि उकासिन्छु भन्ने आत्मविश्वासले अगाडी बढ्नुभएको थियो । त्यही आत्मविश्वासको कारण आज यो ठाउँ सम्मको यात्र तय भएको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘कोरोनाको कारण ५० प्रतिशत बजार घाटामा थियो । बजारका होटल, रेष्टुरेन्ट, पार्टि प्यालेस सबै खासै चलेका थिएनन् । सबैभन्दा धेरै होटलहरुमा नै खरिद हुने गरेको थियो कुखुरा ।’
पनि यही क्षेत्रमा अझैँ राम्रो गर्न सक्छु भन्ने विश्वासका काम गरेकाले आफुलाई सफलताको साथ नछोडेको उहाँको भनाई छ । कार्की कृषि तथा पाल्ट्रि फर्मको रुपमा दर्ता भएको यो व्यवसायलाई अझैँ बढाउदैँ लैजाने पनि उहाँको योजना छ । कार्कीलाई कहिले काहीँ कामदारले गरेको कामभन्दा पनि भ्याईने भए सबै आफैँ गर्थे जस्तो लाग्छ । कामदारलाई चाडबाड लाग्छ, सामानय बिदा पनि चाहियो र रात दिन भनेर काम गर्न पनि सक्किएन तर कुखुराले त्यसो भन्दैँन । कुखुरालाई चाडपर्वमा भोक लाग्दैँन भन्ने पनि हुदैँन । त्यसैले अलि अलि कष्ट हुने गरेको उहाँको भनाई छ ।
उहाँलाई आफ्नो काममा निकै सन्तुष्टि मिल्ने गरेको उहाँको भनाई छ । सुरुमा आफुले काम नजान्दा आफुले भने जस्तो काम सिकाउने मान्छे पनि पाइएको थिएन । अहिले कुखुरा पालनमा पूर्ण रुपमा दक्ष भइसक्नुभएको छ । कार्कीले अघिसम्म उहाँले लेस र ब्रोइलर दुबै पाल्नुभएको छ । काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुरका कोल्ड स्टोर उहाँको मुख्य बजार हो । लगानिअनुसारको आम्दानी पनि राम्रो हुने भएकाले यसमा आफु सन्तुष्ट नै भएको उहाँको भनाई छ । श्रीमती पनि आर्थिक तथा प्राबिधिक पाटोमा सहयोग गर्ने भएकाले आफुलाई काममा थप सहज भएको उहाँको भनाई छ । व्यवसायमा घाटा नाफा भइरहन्छ । त्यो समयमा काम छोड्नेभन्दा पनि समस्याको खोजी गरेर समाधान गर्ने तर्फ मन जाने कार्की बताउनुहुन्छ ।
कुखुराको भाउ १० बर्ष अघिकै अनि दाना र औषधीको खर्च भने दोहोरो रुपमा बढेकाले पनि समस्या भएको उहाँको भनाई छ । बजारमा स्थिर नहुने मुल्यको लागि स्थानीय सरकारभन्दा पनि प्रदेश र संघिय सरकारले ध्यान दिजुपर्ने बताउनुहुन्छ । दाना लगायतका कुराहरुमा किसानहरु विभिन्न किसिमका तालिमहरुको आवश्यक पर्ने उहाँको भनाई छ । यसको लागि पनि सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई छ । कुखुरा पालनमा तौर तरिका पनि धेरै जान्नुपर्ने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘कुखुरा पाल्दा हामीले खोरको व्यवस्थापनमा निकै ख्याल राख्नुपर्ने हुन्छ । त्यसैगरी चल्ला हुर्काउने बेलाको व्यवस्थापनको काम पनि धेरै चुनौतीपुर्ण भएकाले यसमा पनि ध्यान दिनु जरुरी छ । अरु भन्दा ब्रोइलर कुखुरा केही नाजुक नै हुन्छ । त्यसकारण पनि खोरमा तापक्रम तथा प्रकाश व्यवस्थापन, दानापानीको व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन र बाह्य कडीहरूमा निकै ध्यान दिन जरुरी छ ।’
काम गर्न चाहाने किसानको लागि सरकाले कुनै पनि काम गर्दा व्यवसायमा हुन सम्भावना, अवसर र चुनौतीको बारेमा बताउन जरुरी रहेको कार्की बताउनुुहुन्छ । जुन पनि व्यवसायको थालनी गर्नुअघि विज्ञको सल्लाह, प्राविधि ज्ञान, बजारको जानकारी लगायतका सामान्य जानकारी लिएर काम गर्ने हो भने मात्र दिगो व्यवसाय गर्न सकिने कार्की बताउनुहुन्छ ।