एउटा फरक धार पहिलेका शिक्षक अहिलेका कृषक

  • काभ्रे खबर
  • / अर्थ/व्यवसाय /
  • २०८२ कार्तिक ५, बुधबार (१ महिना अघि)
  • ३३० पटक पढिएको

एउटा फरक धार पहिलेका शिक्षक अहिलेका कृषक
कुनै बेलाका कुशल शिक्षक अहिलेका सफल किसानको रुपमा परिचित हुनुहुन्छ काशिनाथ न्यौपाने। हुँदाखादाको सरकारी जागिर छोडेर बाउबाजेको पालादेखी गरिदैआएको कृषिलाई रोज्नुभएको उहाँको मिहेनत कम छैन । पढेलेखेकाले हिलो माटोको काम गर्नुहुँदैन भन्ने समाजको भनाईलाई उहाँले उल्ट्याईदिनुभएको छ । यसमा न्यौपाने निकै सन्तुष्ट पनि हुनुहुन्छ । विहानभरी गोठ र दिनभरी खेतमा वित्छ न्यौपानेको दैनिकी । दैनिक ८० लिटर दुध बजारमा लिएर जाँदादेखी साँझ खेतबारीमा काम गरेर फर्किदासम्म स–परिवार साथैमा हुन्छ । छोराछोरी हुर्काएर, पढाएर, बढाएर अनि पारिवारिक व्यवहार चलाउँदासम्म पनि न्यौपानेलाई जिवन गुजार चलाउन अरुको भर पर्नुपर्छ जस्तो लागेन । परिवार सबै मिलेर काम गरेकाले पनि कृषिमा सफलता पाएको उहाँको अनुभव छ ।
उहाँको गोठमा हाल ५ वटा भैसीं र ५ वटा गाई छ । किसानलाई साँझ र बिहान खेती नगरे आम्दानी गर्न गारो हुन्छ । आम्दानी नभए परिवार पाल्न मुस्किल पर्छ । फेरी जे जति भएको खेतबारीमा मिहेनत अनुसारको फल मिल्दा सानो परिवार पाल्न मुस्किल पनि पर्दैन । जसको ज्वलन्त उदाहरण न्यौपाने हुनुहुन्छ ।     खेतिपातीमा व्यस्त न्यौपानेलाई कामबाट रत्तिभर फुर्सद छैन । हात खालि भएर बस्नुपरेको पनि छैन ।
मण्डनदेउपुर ११ जैशिथोकका न्यौपानेले करिब २० रोपनी जनिमा खेती गर्नुभएको छ । कामअनुसार आवश्यकताको आधारमा ज्याला लगाउने गरिएको छ । बाँकी परिवार मिलेर नै काम सम्हालिरहनुभएको छ । अहिले टनेलामा लटरम्म गोलभेडा, खुल्लामा बोडी, काक्रो, करेल लगायताका फलेका छन् । आफ्नो उमेर छदा काम गर्नुपरेन । न्यौपाने भन्नुहुन्छ, ‘पढाई पनि भएकाले धेरै थोरै सकेको समयमा बुबा आमालाई सघाउथे । पछि बुबाकै सिको गरे । नजिकैको विद्यालय चण्डेनी माबिमा लेखा शाखा हेर्ने र पढाउने काम गर्न थाले । त्यो काम राम्रो नै भइरहेको थियो । फेरी पछी कृषिको काम नै ठिक हुन्छ भन्ने लागेर कृषिमा नै लागे । बुबाले कृषिमा राम्रो गर्नुभएको थियो । त्यसको अगाडी जागिरबाट चलेको जिवशैली खल्लो लाग्यो अनि कृषिमा नै फर्किए ।’ न्यौपानेले २०६० सालमा नै स्नातक तहसम्मको अध्ययन सक्किसनुभएको थियो । त्यसकारण जागिरको खाचो थिएन । उहातँलाई विदेश जाने रहर थिएन । जागिर पनि खान मन थिएन । बुबाले कृषिमा गर्नुभएको आम्दानी लगायतका कुरालाई हेरेर भइरहेको खेतीपातीलाई व्यवस्थित बनाउँदै आधुनिकताको साथ खेती गर्ने योजना बनाउनुभयो । सोही अनुसार बजार, औजार, उन्नत जातका बीउ लगायतका कुरामा परिर्वतन गर्दै व्यवसायिक कृषिको थालनी गर्नुभयो ।
न्यौपानेको बीउ विजन, विषाधी सम्बन्धि एउटा पसल पनि छ । जहाँ बिहानको समय दिनुहुन्छ । दिनको समयमा भने खेतमा व्यस्त रहनुहुन्छ । न्यौपानेले खेतीसँगै पशुपालन पनि गरिरहनुभएको छ । न्यौपानेले खुल्ला खेतीसँगै टनेलामा पनि खेती गरिरहुनएभएको छ । कृषि ज्ञान केन्द्रबाट ५० प्रतिशत सहुलियतमा आधुनिक प्रविधीको ग्रिन हाउस परेको थियो । ६ बर्ष भयो अहिले बेमौसमी तरकारी निकाल्नको लागि धेरै सहज भएको उहाँ बताउनुहुन्छ । विषेशगरी बर्खाको समयमा काम गर्नको लागि निकै सहज भइरहेको उहाँको भनाई छ । टनेला २०÷२० मिटर लामो छ । जम्मा १० वटा टनेलामा खेती गरिएको उहाँको भनाई छ । टनेलामा खेती गर्दा करिब १० महिनासम्म आम्दानी लिइरहन सकिने भएकाले खुल्ला खेतीको तुलनामा निकै राम्रो आम्दानी पनि गर्न सकिने उहाँको अनुभव छ ।
खेतीमा अरु पेशामाभन्दा अलि बढी नै मिहेनत पर्छ । मिहेनत परेपनी पछी  मिहेनतले रंग ल्याउने उहाँ बताउनुहुन्छ । जागिरमा जस्तो कर लागि नहुँने भएकाले काम गर्न पनि सहज हुने उहाँको अनुभ छ । आफ्नो काम भएपनि मर्जि पनि आफ्नै हुन्छ । त्यसकारण काममा धेरै नै सहज भएको उहाँको अनुभव छ । पछिल्लो समय विदेशिनेको संख्या बढिरहेको छ । नेपालमा नै केही गर्नुपर्छ या गर्न सकिन्छ भन्ने कुरा युवाले बुझ्नुपर्ने र सरकारले पनि नयाँ रणनीति बनाउनु जरुरी रहेको न्यौपानेको भनाई छ ।
न्यौपानेको खेतमा सिजनअनुसारका तरकारी पनि लगाईन्छ । खेती अनुसार फरक लगानी हुन्छ । अहिले गोलभेडा र काउलीमा गरेर करिब ५ लाख रुपैँया जति लगानी भएको छ । आम्दानी पनि तरकारीको उक्त समयको बजारको स्थितीअनुसार नै हुने उहाँ बताउनुहुन्छ । सामान्यतय काउली लगायर मात्र बर्षभरीमा २० लाख रुपैँयासम्म आम्दानी हुने गरेको उहाँ सुनाउनुहुन्छ । मंसिरदेखी फागुनसम्म खेतमा लटलट मिलाएर खेती गरिन्छ । त्यसमा काउलीबाट मात्र पनि निकै राम्रो आम्दानी हुने उहाँको अनुभव छ । न्यौपानेकाअनुसार त्यो बाहेक काउली, गोलभेडा, भण्टा, बोडी, करेला लगायत सबै तरकारीबाट राम्रो बजार भाउ बस्दा बर्खाको समयमा पनि १५÷२० लाख नाफ बस्छ जसमा लगानी ७÷८ लाख भएको हुन्छ ।
     सिंचाई, बजार र मूल्य जस्ता कुरामा सरकार न्यौपानेको माग छ । स्थानिय सरकारले पनि यसमा थप काम गर्न सके अझ व्यवस्थित भएर किसानलाई सहज हुने उहाँ बताउनुहुन्छ । रसायनिक मलको लागि पनि घण्टौ लाईन बस्न पर्ने समस्या पनि राज्यको नजरमा पर्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । बजारमा बेला बेला मल नपाईने, बीउ बिजन लगायतका समस्या देखा परिरहेको हुन्छ । जसले गर्दा किसानहरुलाई निकै मर्का पर्ने उहाँ बताउनुहुन्छ । फेरी बल्लबल्ल भएको उत्पादन पनि बिचौलियको हातमा निकै कम मूल्यमा तरकारी सुम्पिनुपर्ने समस्या पनि किसानहरुलाई छ । यसमा सरकारको ध्यान जानूपर्ने उहाँको अनुभव छ ।
न्यौपानेले ‘न्यु उमादेबी कृषि फर्म’ भनेर दर्ता पनि गर्नुभएको छ । दर्ता गरेको कारण, टनेला, थोपा सिंचाई लगायतका कुरामा सरकारी सहयोग पनि पाईएको उहाँ बताउनुहुन्छ । अहिले भइरहेको व्यवसायलाई नयाँ तरिकाले व्यवस्थित बनाउँदै जाने उहाँको योजना छ । टनेलाको संख्या पनि बढाउँदै जाने उहाँको तयार छ ।

ताजा अपडेट

खोजी गर्नुहोस