
चरिकोट / दोलखामा दोलखा उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि चुनाबी सरगर्मी बढेकाे छ । आगामी बैसाख ३१ गते हुने २५ओैं साधारण सभा र १६ओैं जिल्ला अधिबेशनका लागि भोलि सोमबार २८ गते मनाेनयन दर्ता हुँदैछ । मनाेनयन दर्ताका लागि दुईपक्षिय समूह निर्माण गर्दै चुनाबमा होमिने बुझिएकाे छ ।यस पटक दुई उपाध्यक्षहरू अध्यक्षका लागि चुनावी मैदानमा समूह निर्माण गरि होमिन लागेका छन् । पुर्ब उपाध्यक्ष तथा बागमती प्रदेश समितिका सदस्य समेत रहेका सनत थापा अध्यक्ष पदका लागि समूह निर्माण गरेरै चुनाबि मैदानमा छन् भने थापालाई पुर्ब अध्यक्षहरू ईन्द्र बहादुर श्रेष्ठ,रामेश्वर मानन्धर ,सुदर्शन कार्की लगायतको समर्थन रहेकाे छ भने अर्का अध्यक्ष उम्मेदवार दिनेश पाठकलाई पुर्ब अध्यक्ष सुन्दर कार्की लगायतको समर्थन रहेकाे छ। थापाले आगामी निर्बाचन आफ्नो समुह बिजयी हुने दाबि गर्दै दोलखाका उद्योगी ब्यवसायीहरूको पुर्ण साथ रहेकाले जित सुनिश्चित रहेकाे बताएका छन् । दोलखा उद्योग बाणिज्य संघमा १ हजार २४ब्यवसायी मतदाता रहेका छन् ।