उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य भारीमत साहित निर्वाचित


उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य भारीमत साहित निर्वाचित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा दुई पदका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि निर्वाचन भएको थियो ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ ।
महासङ्घमा वरिष्ठ उपाध्यक्षमा वैद्य र रामचन्द्र संघईले उम्मेदवारी दिएका थिए । त्यस्तै कोषाध्यक्षमा प्रधान र अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दिएका थिए।

वैद्य ५६ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत पाए । त्यस्तै, कोषाध्यक्षमा निर्वाचित भएका प्रधानले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेलले २५ मत पाए ।

दुवै अध्यक्ष अञ्जन श्रेष्ठ समूहबाट निर्वाचित भएका हुन् । योसँगै नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ।

काभ्रे जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्दै महासंघको केन्द्रीय सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसकेका वैद्य व्यवसायीमाझ लोकप्रिय मानिन्छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस