पनौती नगरपालिकाको नीति तथा कार्यक्रम पारित

१ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट प्रस्तुत
  • काभ्रे खबर
  • / अर्थनीति /
  • २०८२ अषाढ ११, बुधबार (२ हप्ता अघि)
  • १८५ पटक पढिएको

पनौती नगरपालिकाको नीति तथा कार्यक्रम पारित

पनौती /असार ९ गते गणपूरक संख्या नपुगेपछि स्थगित भएको काभ्रेको पनौती नगरपालिकाको नीति तथा कार्यक्रम बुधवार प्रस्तुत भएको छ।
नगर प्रमुख रामशरण भण्डारीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा कृषि, कला र संस्कृति हाम्रो चिनारी: हरित पर्यटकीय गौरवमय समृद्ध पनौती भन्ने मुल नारालाई प्रमुखता दिइएको छ । यस्तै नगरपालिकाबाट प्रदान गरिनेछ सेवालाई सरल, सहज, प्रभावकारी र गुणस्तरीय बनाउन कार्यविवरणलाई थप स्पष्ट पारिने नीति तथा कार्यक्रममा समावेश गरिएकाे छ । स्थानीय स्रोत साधनको प्रयोग हुने उत्पादनमूलक र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने योजनाहरुको छनौटमा जोड दिइने नगरपालिकाले जनाएको छ।

यसैगरी आजै उपप्रमुख गीता बञ्जाराले आगामी आर्थिक वर्षका लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ। जसमा ४४ करोड २५ हजार आन्तरिक आयबाट र २० करोड ४१ लाख ९० हजार राजस्व बाँडफाँटबाट मिलाइने बताइएको छ।

पनौती नगरपालिकाले सार्वजनिक गरेको बजेट काभ्रेका १३ पालिकामध्ये सबैभन्दा धेरै हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस