
काभ्रे/जिल्ला सहकारी संघ लि.डिस्कोफ काभ्रेको बार्षिक समिक्षा तथा बजेट कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार संघको सभा हलमा संञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, बिभिन्न उपसमिति र कर्मचारीहरुको सहभागितामा आ.व.२०८१/०८२ को बार्षिक समिक्षा सहित आ.व.२०८२/०८३ को नीति, योजना ,कार्यक्रम तथा बजेट निर्माण गरिएको हो ।
संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन कार्यक्रमको संञ्चालन संघका सचिब प्रकाश बञ्जाराले गर्नुभएको थियो । गत आ. ब २०८१/८२ संघले आयोजना गरेको गतिबिधि एवं क्रियाकलाप तथा बित्तिय जानकारी सहित प्रगती बिवरण र चालु आ ब को लागि निती ,योजना ,कार्यक्रम तथा बजेटको जानकारी प्रस्तुतीकरण संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले गर्नू भएको थियो ।
समिक्षा कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्रधिकरणबाट जारी मापदण्ड र यसले पर्ने असहज परिस्थितको बिषयमा छलफल हुनुका साथै आवश्यक शंशोधन र परिमार्जनका लागि संघले पहल गर्ने बताइएको छ ।