बुडोल सामुदायिकले गर्यो एसईई उतिर्ण विद्यार्थीलाई सम्मान

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८२ श्रावण १८, आईतबार (५ महिना अघि)
  • २३६ पटक पढिएको

बुडोल सामुदायिकले गर्यो  एसईई उतिर्ण विद्यार्थीलाई सम्मान

बनेपा÷ बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्र्रिण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा संस्थामा आबद्ध २०७ जना कोपिला बालबचतकर्ता विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
बुडोलस्थित चेतना केन्द्रको सभा हलमा सम्पन्न कार्यक्रममा एसईई सम्मानका सहित वृत्ति मार्ग निर्देशन अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा एस.ई.ई परीक्षा २०८१ मा सामेल भई उत्तीर्ण हुने संस्थामा आबद्ध २०७ जना कोपिला बालबचतकर्ता भाईबहिनीहरुलाई बधाई तथा शुभकामना पत्र, मायाको चिनो, फुलमाला सहित सम्मान गरिएको थियो । सहभागी विद्यार्थीहरुमध्ये सर्वोत्कृष्ट जि.पि.ए. हासिल गर्ने छात्रातर्फ आयुषा गौतम र छात्रतर्फ विश्वास श्रेष्ठलाई नगद रु.५ हजार र सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा इन्स्योरका तर्फबाट प्राविधिकहरु मान कुमार राई, रक्षा आचार्य र इन्दु ज्ञवालीले वृत्ति मार्ग निर्देशन सम्बन्धी अभिमुखीकरण गराउनु भएको थियो ।
संस्थाका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक श्री गायत्री खड्काज्यूको सभापतित्व र संस्थाका अध्यक्ष श्री कैलाश के.सी.ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षा तथा प्रकाशन उपसमिति सदस्य श्री तारानाथ बजगाईले गर्नुभएको थियो । शिक्षा तथा प्रकाशन उपसमिति संयोजक श्री गायत्री खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक श्री पूर्णबहादुर कार्की, सहकारी अभियन्ता तथा प्रमुख सल्लाहकार रामहरि के.सी., सल्लाहकार भैरव के.सी, पूर्व प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर के.सी., चेष्टा साप्ताहिकका सहसम्पादक लक्ष्मण तिमल्सिनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश के.सी.ले संस्थाको जानकारी सहित शुभकामना मन्तव्य, प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर के.सी.ले शिक्षाको महत्वसहित शुभकामना मन्तव्य र उत्कृष्ट अङ्क हासिल गर्ने छात्रा आयुषा गौतमले आफूले पढ्नको लागि अपनाएका विधिहरु सहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस