
कुन्ताबेशी/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले लघूजीवन विमा वापतको रकम हस्तान्तरण गरेको छ ।
संस्थाले सदस्य सुरक्षा कार्यक्रम अन्तर्गत संचालन गरेको लघुकर्जा तथा दुर्घटना विमा वापतको रकम मृतक सदस्यको हकवालालाई हस्तान्तरण गरेको हो ।
मण्डनदेउपुर नगरपालिका वडा नं. २ मेषगाउँ, स्व. श्री विनोद घोरासैनीको श्रीमती अस्मिता दाहाललाई संस्थाले संचालन गरेको समवेदना राहत तथा लघुकर्जा विमा कार्यक्रम अन्र्तगतको दावी रकम रु ६ लाख २५ हजार रूपैयाँ प्रदान गरिएको छ ।
कुन्तावेशी सेवाकेन्द्र व्यवस्थापन उप समिति संयोजक श्री नाराण प्रसाद लम्सालको अध्यक्षता र संस्थाका अध्यक्ष श्री मुकुन्द शर्माको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव श्री सरोज कुमार तिमल्सेना, सञ्चाक सदस्यहरु राम प्रसाद तिमल्सिना र रामकृष्ण घिमिरेको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण कुन्तावेशी सेवाकेन्द्र प्रमुख विनोद सापकोटाले गर्नु भएको थियो ।