
बनेपा÷ एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाले कार्यालय भवनमा सत्रौ बार्षिक साधारणसभा तथा स्थापना दिवस मनाएको छ । कार्यक्रममा सचिव उद्धव प्रसाद तिमल्सिनाले आ.व. २०८२÷०८३ को लक्ष्य सहितको आ.व. २०८१÷०८२ को सचिवको प्रतिबेदन र कोषाध्यक्ष प्रेम कुमार लामाले आ.व. २०८१÷०८२ को बार्षिक बजेट सहित आ.व. २०८१÷०८२ को वित्तिय विवरण र लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितीका संयोजक पुजन श्रेष्ठले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत अरुण थापाले आफ्नो प्रतिबद्धता सहितको मन्तब्य राख्नु भएको थियो र अन्त्यमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति ईश्वर केसीले आफ्नो मन्तब्य राख्दै एक्सप्रेस साकोसप्रति सदस्यहरुले देखाएको भन्दै प्रशषा गर्नुभयो । अध्यक्ष के.सी.ले ऐन–नियम र विनियमको परिधीमा रहि स्तरीय र दिगो संस्थाको रुपमा सदस्यहरुलाई केन्द्रमा राखी पूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सदस्य माझमा कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संस्थाका अध्यक्ष ईश्वर केसीले स्थानीय संस्थाको रुपमा आफ्ना सदस्यहरुको माझमा विश्वास र सद्भावको वातावरण सृजना गरि सरल, सहज र सुरक्षित संस्थाको रुपमा परिचय बनाउँनका लागि सदस्यज्यूहरुको उल्लेख्य भुमिका रहेको बताउनुभयो । संस्थाको आ.व. ०८१÷०८२ को अन्त्यसम्म कुल सम्पत्ति तथा दायित्व १७,३६,३३,८२७ दशमलब ५९ बराबरको रहेको छ । संस्थामा शेयर पूँजी १ करोड ७७ लाख ६८ हजार ८०० रहेको छ । पल्र्स रिपोर्ट अनुसार संस्थामा ३३.५२% तरलता ब्यबस्थापन रहेको छ भने संस्थागत पूँजी १४.७६% देखिन्छ । संस्थाको बाह्य सापटी शुन्य रहेको छ भने यस आ.व.मा संस्थाले संचालन मुनाफा रु.४८,४१,४६५।६३ गर्न सफल भएको छ । संस्थाले जगेडा लगाएत अन्य कोष हिसावहरुमा आ.व. को अन्यसम्ममा रु. ३,३४,९६,३३३।४२ निर्माण गर्न सफल भएको छ । संस्थाले आ.व. २०८१÷०८२ मा विभिन्न शिर्षक मार्फत राज्यकोषलाई २०,२६,२५८।८० बराबरको कर योगदान गरेको छ ।