
बनेपा/श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाको ३०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गोपाल प्रसाद घिमिरेको सभापतित्व तथा सल्लाहकार राजकुमार हुँमागाईको प्रमुख आतिथ्यतामा३०औं बार्षिक साधारण सभाको समापन गरिएको थियो ।
आपसी सहयोग, सद्भाव र सामुहिक हितका लागि सहकारी भन्ने मूल नारा लिएर २०५२ सालमा स्थापित श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले २०८२ कार्तिक १३ र १४ गते दुई दिन केन्द्रीय कार्यालय लगायत सम्पूर्ण सेवा कार्यालयहरुमा ईकाई साधारण सभा गरी र कार्तिक १५ गते अरनिको ३०औं बार्षिक सभा सम्पन्न भएको छ ।
साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन सचिव नवराज आचार्य, आर्थिक प्रतिवेदन कोषाध्यक्ष विकास तिमिल्सिना र लेखा सुपरिवेक्षण समिति संयोजक देवप्रसाद कोइरालाले प्रस्तुत गर्नु भयो । संस्थाको शेयरपूँजी १६ करोड २३ लाख, निक्षेप १ अर्ब ९५ करोड ६९ लाख, ऋण लगानी १ अर्ब ७७ करोड १२ लाख, जगेडा कोष १६ करोड ८६ लाख र खुद नाफा ४ करोड १ लाख ९६ हजार रहेको प्रमुख कार्यकारी अधिकृत सिताराम तिमल्सिनाले जानकारी दिनु भयो ।
सहकारीले स्वास्थ्य उपचार, सुत्केरी खर्च, श्रद्धाञ्जली राहत, विमा, मोबाइल बैंकिङ तथा सिपमूलक तालिम लगायत सदस्य–केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख कार्यकारी अधिकृत सिताराम तिमिल्सिनाले बताए। रक्तदान, स्वास्थ्य शिविर र स्टेशनरी वितरणजस्ता सामाजिक उत्तरदायित्वका कार्य पनि गर्दै आएको उहाँले बताउनु भयो ।
संस्थाले ३०औं बार्षिक साधारण सभामा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरूलाई सम्मान गरेको छ कार्यक्रममा उत्कृष्ट ऋणी,उत्कृष्ट बचतकर्ता,उत्कृष्ट बालबचतकर्ता, शेयर सदस्यका छोराछोरी मध्ये २०८१ सालको एस.ई.ई तथा कक्ष १२ को परिक्षामा उत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई मनकामना शैक्षिक पुरस्कारद्वारा सम्मान गरेको छ । यसै गरी नि.वर्तमान अध्यक्षलाई सम्मान, पूर्व कर्मचारि सम्मान, उत्कृष्ट सेवा कार्यालय सम्मान, उत्कृष्ट कर्मचारी सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष बालकृष्ण दाहाल, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक देब प्रसाद काईराला, बनेपा नगपालिका वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारी जिल्ला बचत संघ काभ्रेका प्रमुख कार्यकारी अधिकृत गुरु प्रसाद ढकाल, उपाध्यक्ष बिधुर प्रसाद घिमिरे लगायतले मन्तव्य राख्नु थियो ।