सहकारी संघद्वारा एआईको प्रयोगबारे छलफल

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८२ मंसिर २५, बिहिबार (१ महिना अघि)
  • १९३ पटक पढिएको

सहकारी संघद्वारा एआईको प्रयोगबारे छलफल

बनेपा/जिल्ला सहकारी संघ डिस्कोफ काभ्रेको आयोजनामा सहकारी क्षेत्रमा कृतिम बुद्धिमता, ‘एआई’ को प्रयोगका विषयमा छलफल भएको छ ।

एआई प्रविधिको प्रयोगबाट सहकारी संस्थाहरूमा सुशासन, सेवा प्रवाह, वित्तीय व्यवस्थापन तथा सदस्य–संवाद प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको संघले जनाएको छ ।
सहकारीहरूको दैनिकी कार्यमा एआई प्रविधि कसरी प्रयोग गर्न सकिन्छ, जोखिम व्यवस्थापन तथा निर्णय प्रक्रियालाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको संघले जनाएको छ । प्रशिक्षणमा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारी क्षेत्रलाई प्रविधिसँग जोडेर दिगो, पारदर्शी र प्रतिस्पर्धी बनाउन यस्तो तालिम अत्यन्तै आवश्यक रहेको बताउनुभयो । सचिव प्रकाश बञ्जाराले सबै सहभागीहरुलाई स्वागत मन्तब्य राख्नु हुदै प्रविधिको सकरात्मक र नकरात्मक पक्ष हुने हुदा तालिमबाट प्राप्त ज्ञान र सिपलाई सहि प्रयोग गर्नुपर्ने धारण राख्नुभयो । कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटाले आजको ए.आई सम्वन्धि तालिम सहकारी ब्यवस्थापनमा कर्मचारीहरुको लागी फलदायि सावित गर्न सिकेका कुराहरु आआफ्नो संस्थामा सहि तरिकाले प्रयोगमा ल्याउनुपर्ने बताउनु भयो । संघका उपाध्यक्ष एवं शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिका संयोजक शान्ती लामा तामाङले कार्यक्रमको समापन गर्नुहुदै सहकारीहरूलाई आधुनिक प्रविधिको प्रभावकारी उपयोग मार्फत सदस्यलाई अझ उत्कृष्ट सेवासुविधा प्रदान गर्न संघ निरन्तर सक्रिय रहने प्रतिवद्धता जनाउनुभयो । प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले आगामी दिनमा सहकारीहरूका लागि थप प्रभावकारी कार्यक्रमहरू निर्माण गर्न सहयोग गर्ने अपेक्षा राख्नुभयो । तालिममा सन्दिपराज भाटले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस