कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौथो वार्षिक साधारण सभा सम्पन्न

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८२ पौष १८, शुक्रबार (१ हप्ता अघि)
  • १५४ पटक पढिएको

कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौथो वार्षिक साधारण सभा सम्पन्न

कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष गोपाल प्रसाद दाहालको अध्यक्षता तथा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटेका प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न गरेको हो ।
सहकारी सङ्घसस्थामा कार्यरत कर्मचारीहरु को वृतिविकास र मानव ससाधन विकासको उद्देश्यले स्थापित सिएमसी काभ्रे साधारण सभामा सहकारी अभियानको वर्तमान अवस्था र भावी कार्यदिशा विषयमा अन्तरकृया गरिएको थियो । सहकारीविद कुबेर निरौलाको कार्यपत्र प्रस्तुती र सहजीकरण भयो ।

संस्थाका सचिव सुवास वैद्यले संचानल गर्नु भएको कार्यक्रममा अध्यक्ष गोपाल प्रसाद दाहालबाट प्रगति प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत कोषाध्यक्ष मनोज रायमाझीबाट आर्थिक प्रतिवेदन तथा उपाध्यक्ष ठाकुरनाथ अधिकारीले स्वागत मन्तव्य राख्नु भयो ।

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थ, नेपाल पत्रकार महा सङ्घ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपानेले शुभकामना मन्तव्य राख्नु भयो ।
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी सङ्घका नवनिर्वाचित सन्चालक समिति र लेखा सुपरिवेक्षण समिति का पदाधिकारीहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस