सामुदायिक साकोस द्वारा आमा तथा बच्चाहरुको स्वास्थ्य तथा पोषण विषयक सचेतनात्मक अभिमुखिकरण

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८२ पौष १८, शुक्रबार (१ हप्ता अघि)
  • १७८ पटक पढिएको

सामुदायिक साकोस द्वारा आमा तथा बच्चाहरुको स्वास्थ्य तथा पोषण विषयक सचेतनात्मक अभिमुखिकरण

पनौतीमा केन्द्रीय कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको बल्थली सेवाकेन्द्र र बल्थली वडा नं. ११ को स्वास्थ्य चौकीको संयुक्त आयोजनामा आमा तथा बच्चाहरुको स्वास्थ्य तथा पोषण विषयक सचेतनात्मक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
पनौती न.पा वडा नं ११ का जन प्रतिनिधि श्री गिता थापाको सभाध्यक्षतामा संचालन गरिएको कार्यक्रममा संस्थाका बल्थली सेवाकेन्द्र व्यवस्थापन उप समिति सदस्य कृष्ण थापा, कालिका के.सी, स्वास्थय चाैकी प्रमुख विश्वनाथ गुरागाई र वडा सचिव मिठाराम हुँमागाइ सहित ५० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सस्थाका बल्थली सेवाकेन्द्र प्रमुख श्री कपिल श्रेष्ठले संस्थाले प्रदान गरेको सेवाहरु तथा संस्थाले संचालन गरेको विभिन्न राहत कार्यक्रमका वारेमा सहभागीहरुलाई जानकारी गराउनु भयो । यसैगरी स्वास्थ्य चौकीकी अनमी कल्पना ढकालले महिला तथा शिशु स्वास्थ्य हेरचाह, पोषणयुक्त खानेकुराका विषयमा जानकारी गराउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस