समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष सिग्देललाई जिल्ला सहकारी संघ काभ्रेको बधाई ज्ञापन

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८२ माघ १०, शनिबार (२ हप्ता अघि)
  • १७४ पटक पढिएको

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष सिग्देललाई जिल्ला सहकारी संघ काभ्रेको बधाई ज्ञापन

बनेपा/समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष शिव सिग्देललाई जिल्ला सहकारी संघ काभ्रेले बधाई ज्ञापन गरेको छ।

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएकोमा वरिष्ठ अधिवक्ता श्री शिवप्रसाद सिग्देल लाई जिल्ला सहकारी संघ लि. काभ्रेद्वारा बधाई तथा शुभकामना व्यक्त गरिएको हो।

एक कार्यक्रमका बीच संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा सिग्देलकोको नियुक्तिले समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन, सुधार र सुशासन सुदृढीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको कामना गरिएको थियो। कार्यक्रममा सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावित उपायबारे संक्षिप्त छलफल समेत गरिएको थियो।

बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा शिवप्रसाद सिग्देललाई नियुक्त गरेको थियो । त्यस्तै समितिका सदस्यद्वयमा दीपक केसी र रामेश्वर ढकाललाई नियुक्त गरेको हो।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस