काभ्रेमा सहकारी नेतृत्वको भूमिका सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८२ माघ १७, शनिबार (१ हप्ता अघि)
  • ९५ पटक पढिएको

काभ्रेमा सहकारी नेतृत्वको भूमिका सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न

काभ्रेमा सहकारी नेतृत्वको भूमिका सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ।
बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालय र बागमती प्रदेश सहकारी संघ लि.को लागत साझेदारीमा, तथा जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेको समन्वयमा सहकारी संघ–संस्थाहरूको सुदृढीकरण तथा प्रवद्र्धन कार्यक्रम अन्तर्गत “वर्तमान सन्दर्भमा नेतृत्वको भूमिका” विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।
बागमती प्रदेश सहकारी संघको आयोजना, बागमती प्रदेश सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह आयोजना र जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकको समन्वयमा काभ्रे जिल्लाको बनेपा नगरपालिकामा रहेको जिल्ला सहकारी संघ लिमिटेड काभ्रेकाे सभाहलमा एक दिवशीय “वर्तमान सन्दर्भमा नेतृत्वको भूमिका” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो।संघका सचिव देवराज न्यौपानेको अध्यक्षता, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठको सञ्चालन, बनेपा नगरपालिकाकी उप प्रमुख बिमला सापकोटाको प्रमुख आतिथ्यता, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सुमन नेपालको विशेष आतिथ्यता, तरकारी फलफूल तथा विउबिजन केन्द्रीय सहकारी संघका अध्यक्ष बिनोद पराजुली, बागमती प्रोस्कूनका अध्यक्ष उध्दव सापकोटा, जिल्ला सहकारी संघ लिमिटेड काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ, काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उदयराम कायस्थ, बहुउध्देयीय सहकारी संघ लिमिटेड काभ्रेका अध्यक्ष कृष्ण थापाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । जिल्लाको विभिन्न पालिकाबाट विभिन्न प्रकृतिका ३० वटा सहकारी संस्थाबाट ३७ जनाको सहभागिता रहेको कार्यक्रममा सहकारीको वर्तमान परिदृष्य र आगामी बाटोको विषयमा संघका व्यवस्थापक रुपक घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुतीकरण पश्चात् सहभगिहरुसँग अन्तर्क्रिया तथा छलफल गरिएको कार्क्रममा काभ्रे जिल्लामा सहकारी अभियानको अवस्थाको विषयमा व्यापक छलफल गरिएको थियो । उक्त कार्यक्रममा यस्तो किसिमको कार्यक्रम निरन्तर रुपमा जिल्लामा सञ्चालन गर्नका लागि समेत सहभागीहरुले संघलाई सुझाव प्रदान गरेका थिए ।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस