लक्ष्मी महिला सहकारीको नेतृत्व विकास तथा रणनीतिक योजना समीक्षा कार्यशाला

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८२ फागुन २४, आईतबार (१ महिना अघि)
  • २०३ पटक पढिएको

लक्ष्मी महिला सहकारीको नेतृत्व विकास तथा रणनीतिक योजना समीक्षा कार्यशाला

काभ्रे — काभ्रेको पनौती–५ मा मुख्य कार्यालय रहेको तथा धुलिखेल र बनेपामा सेवा केन्द्र सञ्चालन गर्दै आएको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. को नेतृत्व क्षमता विकास तथा रणनीतिक योजना समीक्षा कार्यशाला शनिबारदेखि सुरु भएको छ।
पनौती नगरपालिका–बल्थलि स्थित थुम्की रिसोर्टमा सुरु भएको कार्यशाला दुई दिनसम्म सञ्चालन हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले जानकारी दिए। कार्यशाला नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का प्राचार्य बल्लभ तिमल्सिनाको सहजीकरणमा सञ्चालन भइरहेको छ।
कार्यशालामा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरूको सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष हिमाली श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा औचित्यबारे प्रकाश पार्दै संस्थाको नेतृत्वलाई अझ प्रभावकारी, उत्तरदायी र दूरदर्शी बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताइन्। उद्घाटनपछि उनले कार्यशालाको सहजीकरणका लागि प्रशिक्षक तिमल्सिनालाई कार्यक्रम हस्तान्तरण गरेकी थिइन्।
कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले गरेका थिए।
कार्यशालामा नेतृत्व सीप अभिवृद्धि, संस्थागत सुशासन सुदृढीकरण, निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने उपाय तथा टिमवर्क सुदृढ गर्ने विषयमा छलफल हुने रायमाझीले बताए।
यससँगै संस्थाले अघि सारेको रणनीतिक योजनाको समीक्षा गर्दै हालसम्म प्राप्त उपलब्धि, सामना गर्नुपरेका चुनौती तथा आगामी लक्ष्यका विषयमा पनि विश्लेषण गरिने जनाइएको छ।
संस्थाको दीर्घकालीन लक्ष्य प्राप्तिका लागि स्पष्ट दिशा तय गर्न, रणनीतिक योजनालाई समयानुकूल परिमार्जन गर्न तथा नेतृत्व तहलाई अझ सक्षम र जिम्मेवार बनाउन यस्ता कार्यशालाले सहयोग पुग्ने विश्वास गरिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस