
बनेपा/ चन्डेश्वरी साकोस बनेपाले सामाजिक उत्तरदायित्व अन्तर्गत आमाको मुख हेर्ने दिनको अवसरमा ७५ वर्ष उमेर नाघेका १३१ जना जेष्ठ माताहरूलाई सम्मान गरेको छ।
संस्थाले आमा तथा बुबाको मुख हेर्ने दिनको अवसर पारेर हरेक वर्ष जेष्ठ नागरिकलाई सम्मान गर्दै आएको कार्यालय प्रमुख रबिन्द्र पोटे ले जानकारी दिनुभयो।
उक्त कार्यक्रम विगत १० वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको संस्थाका प्रमुख सल्लाहकार बिकास बादे ले बताउनुभयो।
जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सल्लाहकार बालभक्त प्रधान ले मन्तव्य राख्नुभएको थियो।
संस्थाका अध्यक्ष नवीन भक्त बादे को सभापतित्वमा सम्पन्न कार्यक्रममा जेष्ठ माताहरूलाई पौष्टिक आहार तथा मिठाई प्रदान गर्दै सम्मान गरिएको थियो।