सामुदायिक साकोसको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८३ भाद्र १, सोमबार (३ हप्ता अघि)
  • १६३ पटक पढिएको

सामुदायिक साकोसको वार्षिक समीक्षा गोष्ठी  सम्पन्न

पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गोष्ठी शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभापतित्वमा सम्पन्न गोष्ठीको उद्घाटन संस्थाका सल्लाहकार रामप्रसाद अधिकारीले गर्नुभएको थियो।

गोष्ठीमा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विषयगत उपसमिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा क्षेत्रगत जिम्मेवारी पाएका क्लस्टर प्रमुखहरूले वार्षिक योजना तथा लक्ष्यअनुसारको प्रगति विवरण प्रस्तुत गर्दै समीक्षा गरेका थिए। पनौती क्लस्टरको प्रस्तुतीकरण संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत श्यामसुन्दर श्रेष्ठ, बनेपा क्लस्टरको प्रस्तुतीकरण वरिष्ठ अधिकृत जीवन सत्याल, काठमाडौं क्लस्टरको प्रस्तुतीकरण वरिष्ठ अधिकृत योगबहादुर सापकोटा तथा पूर्वी क्लस्टरको प्रस्तुतीकरण अधिकृत कर्मचारी विनोद सापकोटाले गर्नुभएको थियो।

त्यसैगरी, संस्थाको समग्र प्रगति विवरण प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विवरणमाथि सहभागीहरूले छलफल तथा समीक्षा गर्दै आगामी दिनमा संस्थाको सेवा, कार्यसम्पादन र लक्ष्य प्राप्तिलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव दिएका थिए।

संस्थाका सचिव सरोज तिमल्सेनाले सञ्चालन गर्नुभएको कार्यक्रममा सल्लाहकारहरू शम्भुलाल श्रेष्ठ र प्रकाश बन्जाराले मन्तव्य राख्नुभएको थियो। साथै विभिन्न उपसमितिका सदस्यहरूले संस्थाको आगामी कार्यदिशाका सम्बन्धमा सुझाव तथा सल्लाह प्रस्तुत गरेका थिए।

गोष्ठीबाट आर्थिक वर्ष २०८२/०८३ को समग्र कार्यसम्पादनको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षमा संस्थाको लक्ष्य प्राप्ति, सेवा विस्तार तथा संस्थागत सुधारका लागि महत्वपूर्ण रणनीतिक मार्गदर्शन प्राप्त भएको संस्थाले जनाएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस