कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको छैटौँ स्थापना दिवस सम्पन्न

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८३ भाद्र २, मंगलबार (३ हप्ता अघि)
  • १७५ पटक पढिएको

कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको छैटौँ स्थापना दिवस सम्पन्न

बनेपा/कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रमसहित आफ्नो छैटौँ स्थापना दिवस मनाएको छ।
क्लबका अध्यक्ष गोपाल दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायस्थ र जिल्ला सहकारी संघ लि.का अध्यक्ष अमन पोटेले क्लबको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए।
स्थापना दिवसकै अवसरमा आयोजित रक्तदान कार्यक्रमको व्यवस्थापन तथा संयोजन बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले गरेको थियो। कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए।
यसअघि पनि क्लबले स्थापना दिवसलाई सामाजिक तथा पेशागत विकाससँग जोड्दै सहकारी संस्थामा अग्रभागमा रहेर सेवा प्रवाह गर्ने कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि ‘सहकारी सेवा संस्कार रुपान्तरण’ कार्यक्रम सञ्चालन गरेको थियो। सहकारी क्षेत्रमा कार्यरत कर्मचारीको क्षमता, व्यवहारिक दक्षता तथा सेवा संस्कार विकासलाई प्राथमिकतामा राख्दै क्लबले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरूको क्षमता विकास अपरिहार्य रहेको आवश्यकता पहिचान गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले २०७८ भदौ २ गते नौ जना व्यवस्थापकहरूको पहलमा कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको स्थापना भएको हो।
स्थापनादेखि नै सहकारी क्षेत्रको व्यावसायिक विकास, व्यवस्थापकीय क्षमता अभिवृद्धि, कर्मचारीको दक्षता विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा क्लबले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। छैटौँ स्थापना दिवसले क्लबलाई आगामी दिनमा सहकारी क्षेत्रको गुणस्तरीय सेवा र संस्थागत सुशासनका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न प्रेरणा मिलेको आयोजकले जनाएको छ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस