
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., ढुंखर्क सेवा केन्द्रको आयोजनामा शनिबार बेथानचोक–५ भंगालामा शेयर सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
भंगाला सामुदायिक समूहका संयोजक कुमार बहादुर के.सी. को सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सेवा केन्द्र प्रमुख रामकृष्ण तिमल्सिनाले संस्थाको वर्तमान अवस्था, उपलब्ध सेवा–सुविधा तथा सदस्य लक्षित कार्यक्रमहरूबारे विस्तृत जानकारी गराउनुभएको थियो।
कार्यक्रममा सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य सावित्री खुलालसहित शेयर सदस्य तथा कर्मचारी गरी जम्मा ४४ जनाको उपस्थिति रहेको थियो। सहभागी सदस्यहरूले संस्थाबाट प्राप्त सेवा तथा सुविधाको प्रशंसा गर्दै संस्थाको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।