पाँचखालमा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८३ आश्विन ५, सोमबार (३ हप्ता अघि)
  • २२७ पटक पढिएको

पाँचखालमा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न

पाँचखाल, असोज ४ – सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचखाल सेवा केन्द्रको आयोजनामा आइतबार पाँचखाल नगरपालिका–१० स्थित चापाबोट रानीपानीमा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सेवा केन्द्र प्रमुख सुन्दर मैनालीले संस्थाको वर्तमान अवस्था, सञ्चालनमा रहेका विभिन्न कार्यक्रमहरू, सदस्यहरूलाई प्रदान गरिँदै आएका सेवा–सुविधा तथा सदस्य राहत कार्यक्रमका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो।

उक्त कार्यक्रममा सदस्य, स्थानीय व्यक्ति तथा कर्मचारी गरी जम्मा ३१ जनाको सहभागिता रहेको थियो।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस