
धुलिखेल । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पनौती सेवा केन्द्रको आयोजनामा धुलिखेल–१०, बतासेमा शेयर सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार सम्पन्न उक्त कार्यक्रममा सेवा केन्द्रकी खजाञ्ची विन्दा बञ्जाराले संस्थाको वर्तमान अवस्था, सञ्चालनमा रहेका विभिन्न कार्यक्रम तथा शेयर सदस्यहरूलाई उपलब्ध गराइँदै आएका सेवा–सुविधा र राहतसम्बन्धी व्यवस्थाबारे विस्तृत जानकारी गराउनुभएको थियो। उहाँले सदस्यहरूका जिज्ञासाहरूको समेत सम्बोधन गर्नुभएको थियो।
कार्यक्रममा शेयर सदस्य तथा कर्मचारीहरू गरी कूल ३२ जनाको सहभागिता रहेको थियो।