पाँचखालमा प्रविधि साक्षरता तथा साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  • काभ्रे खबर
  • / बैँक / वित्त /
  • २०८३ आश्विन १६, शुक्रबार (१ हप्ता अघि)
  • १७५ पटक पढिएको

पाँचखालमा प्रविधि साक्षरता तथा साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

पाँचखाल  / सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पाँचखाल सेवाकेन्द्रको आयोजनामा स्थानीय सर्वमंगला माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूका लागि प्रविधि साक्षरता तथा साइबर सुरक्षा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

पाँचखाल नगरपालिका वडा नं. ३ स्थित उक्त विद्यालयमा आयोजित कार्यक्रममा प्रधानाध्यापक जयराम अधिकारी प्रमुख अतिथि रहनुभएको थियो भने संस्थाका सञ्चालक समिति सदस्य भैरव प्रसाद सेढाईको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख सुन्दर मैनालीले गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका वरिष्ठ अधिकृत जीवन सत्यालले विद्यार्थी जीवनमा प्रविधिको सदुपयोग, सुरक्षित पासवर्डको प्रयोग, इन्टरनेट तथा सामाजिक सञ्जालको सुरक्षित र विवेकपूर्ण प्रयोग, व्यक्तिगत जानकारीको सुरक्षा, फिसिङ तथा अनलाइन ठगीबाट बच्ने उपाय र साइबर बुलिङबारे जानकारी दिनुभयो।

प्रधानाध्यापक जयराम अधिकारीले कार्यक्रम प्रभावकारी रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर हुनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो। कक्षा ११ मा अध्ययनरत ७९ जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रमले प्रविधि र साइबर सुरक्षाप्रति विद्यार्थीहरूको जागरूकता बढाउने उद्देश्य राखेको थियो।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस