खिम्ति बिधुत सहकारीको प्रतिनिधित्व गर्दै धिरज सुवेदी बने राष्ट्रिय महासङ्घको केन्द्रीय सदस्य

  • काभ्रे खबर
  • / कर्पोरेट /
  • २०८३ आश्विन ६, मंगलबार (३ हप्ता अघि)
  • १०३ पटक पढिएको

खिम्ति बिधुत सहकारीको प्रतिनिधित्व गर्दै धिरज सुवेदी बने राष्ट्रिय महासङ्घको केन्द्रीय सदस्य

दोलखा । दोलखा र रामेछाप जिल्लामा पर्ने खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको प्रतिनिधित्व गर्दै यस संस्थाका कोषाध्यक्ष धिरज सुवेदी सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घको केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित भएका छन्।

​महासङ्घको हालै सम्पन्न सातौँ महाधिवेशनबाट उनी बागमती प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा निर्बिरोध निर्वाचित भएका हुन्।

​सुवेदी लामो समयदेखि स्थानीय स्तरमा ग्रामीण विद्युतीकरण, सामुदायिक ऊर्जा व्यवस्थापन र सामाजिक रूपान्तरणका अभियानमा सक्रिय रहँदै आएका छन्।

खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कोषाध्यक्षका रूपमा जिम्मेवारी सम्हालीसकेका सुवेदीको यस राष्ट्रिय तहको चयनले दोलखासहित समग्र बागमती प्रदेशको सामुदायिक ऊर्जा क्षेत्रको विकास र उपभोक्ताको हक-हित संरक्षणमा थप योगदान पुग्ने विश्वास लिइएको छ।

​सुवेदीले देशैभरका सामुदायिक विद्युत उपभोक्ताहरूसँग जोडिएर संस्थागत सुधार, पहुँच वृद्धि र उपभोक्ताको अधिकारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनि नेकपा एमालेका जिल्लाका नेता हुन् । उनि बागमती प्रदेशको प्रतिनिधित्व गर्दे एक मात्र सदस्य निर्बाचित बनेका हुन ।

ताजा अपडेट

२०८३ आश्विन २४, शनिबार

समयको हिसाब

यो साताको प्रचलित

खोजी गर्नुहोस