बनेपामा एटीएम मेसिन फोड्ने प्रहरी नियन्त्रणमा

  • काभ्रे खबर
  • / अपराध /
  • २०८२ जेष्ठ ८, बिहिबार (५ महिना अघि)
  • २५७ पटक पढिएको

बनेपामा एटीएम मेसिन फोड्ने   प्रहरी नियन्त्रणमा

बनेपामा एटीएम मेसिन फोड्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुली घ्याङलेख गाउँपालिका–८ घर भएका ३० वर्षीय बुद्धिलाल तामाङ छन् । बुधबार करिब ११:४० बजे नबिल बैंकको बनेपा नगरपालिका-७ मा रहेको एटीएम मेसिन फोड्ने प्रयास भइरहेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।एटीएम मेसिन फोड्दै गरेको अवस्थामा रड र हतौडासहित तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस