धुलिखेल – ११ बाट लागूऔषधसहित दुई जना पक्राउ

  • काभ्रे खबर
  • / अपराध /
  • २०८२ जेष्ठ ३०, शुक्रबार (५ महिना अघि)
  • २७९ पटक पढिएको

धुलिखेल – ११ बाट   लागूऔषधसहित दुई जना पक्राउ

धुलिखेल/जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीको टोलीले धुलिखेल नगरपालिका–११, बाझोखेतस्थितबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार, लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा सवारी साधन जाँच गर्ने क्रममा मे.१ च. ३५९७ नम्बरको स्कार्पियो गाडीलाई शंका लागेर रोकेको थियो ।

गाडीमा सवार जिल्ला इलाम, रोङ गाउँपालिका–३ निवासी ३२ वर्षीय सुमन राई र चालक इलाम माई नगरपालिका–१ आापटारी निवासी २७ वर्षीय तेजकुमार बराइलीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा सुमन राईको साथमा लागू औषध ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको उनले जानकारी दिए । उनका अनुसार, उक्त पदार्थलाई मान्यता प्राप्त तराजुबाट तौल गर्दा कुल ९ ग्राम १७० मिलिग्राम रहेको पुष्टि भएको छ ।

प्रहरीले लागूऔषधसँगै उनीहरू सवार स्कार्पियो गाडीसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ । हाल दुवै प्रतिवादीलाई म्याद थप गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस