टाढिन लागेको भन्दै बनेपामा प्रेमिकाको हत्या !

  • काभ्रे खबर
  • / अपराध /
  • २०८२ श्रावण ५, सोमबार (६ महिना अघि)
  • ५९४ पटक पढिएको

टाढिन लागेको भन्दै बनेपामा प्रेमिकाको हत्या !

धुलिखेल – काभ्रेको बनेपामा अर्कै युवकसँग लागेर टाढिएको भन्दै एक युवकले प्रेमिकाको हत्या गरेका छन् । रामेछापको मन्थली–१३ का ३७ वर्षका सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीको हत्या गरेका हुन् ।

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्क घर भइ बनेपा बस्दै आएकी शर्मिलाको हत्या गरेको अभियोगमा सुनारलाई आइतबार मध्यरातमा एक ईटाभट्टाबाट पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीले हत्या अभियोग लागेका सुनार सार्वजनिक गर्न सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा घटनाबारे विस्तृत जानकारी दिइएको छ । प्रहरीका अनुसार सुनारले शर्मिलाको हत्या गर्नुको कारण प्रारम्भिक बयानका क्रममा खुलाएका हुन् ।

जिल्ला अदालतबाट चार दिनको म्याद लिएर सुनारमाथि अनुसन्धान अघि बढाइएको भइरहेको प्रवक्ता (प्रहरी नायव उपरीक्षक) मिनबहादुर घलेले बताएका छन् । उनका अनुसार युवतीको शव आइतबार दिउँसो बनेपा नगरपालिका-१३ मा पर्ने भगवान थुम्की सामुदायिक जंगलमा फेला परेको थियो । युवती गत असार ३२ गतेदेखि नै हराएकी थिइन् ।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस