टाढिन लागेको भन्दै बनेपामा प्रेमिकाको हत्या !

  • काभ्रे खबर
  • / अपराध /
  • २०८२ श्रावण ५, सोमबार (३ महिना अघि)
  • ५४३ पटक पढिएको

टाढिन लागेको भन्दै बनेपामा प्रेमिकाको हत्या !

धुलिखेल – काभ्रेको बनेपामा अर्कै युवकसँग लागेर टाढिएको भन्दै एक युवकले प्रेमिकाको हत्या गरेका छन् । रामेछापको मन्थली–१३ का ३७ वर्षका सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीको हत्या गरेका हुन् ।

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्क घर भइ बनेपा बस्दै आएकी शर्मिलाको हत्या गरेको अभियोगमा सुनारलाई आइतबार मध्यरातमा एक ईटाभट्टाबाट पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीले हत्या अभियोग लागेका सुनार सार्वजनिक गर्न सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा घटनाबारे विस्तृत जानकारी दिइएको छ । प्रहरीका अनुसार सुनारले शर्मिलाको हत्या गर्नुको कारण प्रारम्भिक बयानका क्रममा खुलाएका हुन् ।

जिल्ला अदालतबाट चार दिनको म्याद लिएर सुनारमाथि अनुसन्धान अघि बढाइएको भइरहेको प्रवक्ता (प्रहरी नायव उपरीक्षक) मिनबहादुर घलेले बताएका छन् । उनका अनुसार युवतीको शव आइतबार दिउँसो बनेपा नगरपालिका-१३ मा पर्ने भगवान थुम्की सामुदायिक जंगलमा फेला परेको थियो । युवती गत असार ३२ गतेदेखि नै हराएकी थिइन् ।

ताजा अपडेट

२०८२ कार्तिक २८, शुक्रबार

कृषिका विविध कार्यक्रम गरिरहेका छौं

२०८२ कार्तिक २२, शनिबार

विदेश छाडेर पाखाबारी सजाउँदै कुँवर

२०८२ कार्तिक १७, सोमबार

पशुपालनमा रुपेशको लोभ लाग्दो छलाङ

खोजी गर्नुहोस