विभिन्न जेलबाट फरार ३७ कैदी काभ्रेमा पक्राउ

  • काभ्रे खबर
  • / अपराध /
  • २०८२ भाद्र २९, आईतबार (७ महिना अघि)
  • ३१९ पटक पढिएको

विभिन्न जेलबाट फरार ३७ कैदी काभ्रेमा पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न कारागारबाट फरार भएका ३७ जना थुनुवा तथा कैदीबन्दीलाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार भएको जेन्जी आन्दोलनको कारण विभिन्न कारागारहरूबाट भागी फरार भएका बन्दी तथा थुनुवालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी सुचना अधिकारी मिन बहादुर घलेका अनुसार यस कार्यालय तथा मातहत कार्यालयहरूबाट डिउटीमा खटिएको प्रहरी टोलीले डा एरिया अन्तर्गत विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिई सम्बन्धित कारागार कार्यालयमा पठाइएको छ ।

घलेका अनुसार अनुसार कर्तव्य ज्यान मुद्दाका १२ जना, जबरजस्ती करणी मुद्दाका ९ जना, लागूऔषध कारोबारी ४ जना, चोरी गर्ने ४ जना, अपहरण तथा शरीर बन्धक मुद्दाका २ जना, सवारी ज्यान मुद्दाका २ जना, ओभर स्टेका एक जना, ठगी सम्बन्धी मुद्दाका २ जना र मानव बेचबिखन सम्बन्धी मुद्दाका १ जना गरी ३७ जना लाई पक्राउ गरिएको हो । उनीहरूलाई पक्राउ पश्चात् १८ जनालाई केन्द्रीय कारागार, १४ जनालाई डिल्लीबजार, ३ जनालाई नख्खु कारागार र २ जनालाई सिन्धुली कारागार पठाइएको डीएसपी घलेले जानकारी दिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस