बनेपा नगरपालिका-९ बाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

  • काभ्रे खबर
  • / अपराध /
  • २०८२ भाद्र २९, आईतबार (४ महिना अघि)
  • ४३० पटक पढिएको

बनेपा नगरपालिका-९ बाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेले हतियारको गोलीसहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी अधिकृतसहितको विशेष टोलीले भदौ २८ र २९ गते चलाएको खोजतलास अभियानका क्रममा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेलेका अनुसार पक्राउ पर्नेहरूमा काभ्रे बनेपा नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय अछुत खड्का, सोही ठाउँका २६ वर्षीय सिजन सुवाल र २८ वर्षीय सुवास गौतम रहेको छन् ।

त्यस्तै पक्राउ पर्ने अन्यमा बारा बनौली सखुवा–८ का २० वर्षीय ईसाक भन्ने महेश मुखिया, मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, काभ्रे तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का २३ वर्षीय प्रविन कार्की रहेका छन् । भदौ २४ गते इलाका प्रहरी कार्यालय, बनेपामा भएको आगजनीको घटनामा संलग्न उनीहरूको साथबाट ७३० राउन्ड गोली समेत बरामद गरिएको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेले थप अनुसन्धान अगाडि बढाएको छ ।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस