हुण्डीको ५७ लाख नगद सहित काभ्रेका एक जना पक्राउ

  • काभ्रे खबर
  • / अपराध /
  • २०८२ मंसिर २२, सोमबार (१ महिना अघि)
  • ७३२ पटक पढिएको

हुण्डीको ५७ लाख नगद सहित काभ्रेका एक जना पक्राउ

काठमाडौं /प्रहरीले काठमाडौँको कुलेश्वरबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ घर भएर कुलेश्वर बस्ने ३४ वर्षीय सरोज श्रेष्ठ छन् । आरोपीको साथबाट र डेराबाट ५७ लाख ४७ हजार ३५० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर स्थित चुन्ने पाखा टोलमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले आरोपीलाई पक्राउ गरेको हो । आरोपीविरुद्ध हुण्डी कारोबार गर्न नहुने कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस