
दोलखा।दोलखाको भिमेश्वर नगरपालिकाका सरकारी बिद्यालयको नै कन्तबिजोग रहेको पाईएको छ ।
सदरमुकाम नजिकैको केहि बिद्यालयमा बिद्यार्थी नहुँदा शिक्षकहरु हाजिर मात्रै गरेर तलब खाईरहेको तथ्य खुलेको हो । हाजिर मात्रै गरेर तलब खाने बिद्यालयका शिक्षकहरुमा बिसुनटोल आधारभुत बिद्यालका तिन शिक्षकहरु हाजिर मात्रै गरेर तलब खाईरहेको पाईएको हो । लाकुरीडाँडा प्राबि ,माथिल्लो माटी प्राबिमा पनि तिन तिन शिक्षक बिद्यार्थी नहुँदा हाजिर मात्रै गरेर बिद्यालयको भबन कुर्ने काम गरिरहेका छन् भने भुमरेडाँडा प्राबिमा तिन जना शिक्षक भएपनि बिद्यालयमा दुई बिद्यार्थी बालकक्षामा मात्रै रहेको र उनिहरुको पनि पढाउने भन्दा भबन मात्रै कुरेर राज्यले दिनेसेवा सुबिधा लिँदै आएको पाईएको छ । स्थानिय सरकार भिमेश्वर नगरपालिकाले बिद्यालयको दरबन्दी मिलान गरि शिक्षकहरुलाई कामकाजमा खटाउन नसक्दा शिक्षकहरु काम बिहिन बनेका हुन् । त्यसैगरि पृथ्बीनारायण आधारभुत बिद्यालय महांकाल आधारभुत बिद्यालयमा पनि बिद्यार्थीको संख्यालाई आधार मान्दा शिक्षकको संख्या बढि हुँदा केहि शिक्षकहरु काम बिहिन बनेको स्थानियहरुले बताएका छन् । त्यस्तै महेन्द्रोय माबि भिनपा ५मा पनि बिद्यार्थीको संख्यालाई आधार मान्ने हो भने शिक्षक बढि रहेको पाईएको छ । स्थानिय सरकार भिमेश्वर नगरपालिकाले शिक्षक सरुवा गरेपनि शिक्षकहरु दलिय आडमा सम्बन्धित बिद्यालयमा नजाँदा सरुवा भएको बिद्यालयको पठनपाठनमा समस्या उत्पन्न भएको छ । भिमेश्वर नगरपालिका वडा नम्बर ७मा रहेको कुटिडाँडा माबिमा केहि समय अगाडि प्रधानध्यापक शंकरलाल श्रेष्ठको अबकास पछि सो स्थानमा महेन्द्रोय माबि माटीका एक शिक्षिका सरुवा गरेर पठाएपनि दलिय आडमा नगरपालिकाको निणर्य नै लत्याएर सो स्थानमा नजाँदा नियम बिपरित नगरपालिकाले तलब पुरानै स्थान महेन्द्रोय माबिमा पठाईरहेको पनि खुलेको छ । त्यस्तै दोलखाकै पुरानो बिद्यालय क्षमावति माबिमा दरबन्दिको शिक्षकलाई अयन्त्र लैजाँदा नगरपालिकाले सो स्थानमा ६ लाख नगरपालिकाबाट बिद्यालयलाई सोध भर्ना गरेको पनि पाईएको छ । त्यस्तै नगरपालिकाको अर्काे पुराना ठुला बिद्यालयको पनि यतिबेला कन्तबिजोग रहेको पाईएको छ । नगरपालिकाको सर्ब माबिमा पनि बिद्यार्थी थोरै शिक्षक धेरै हुँदा १ शिक्षकलाई दुई बिद्यार्थी भागमा पर्ने अबस्था भएको स्थानियहरुले बताएका छन् । यता भिमेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख तथा उपशिक्षा निर्देशक अर्जुन कार्कीले बिद्यालयमा शुन्य बिद्यार्थी नै चाँहि नभएको र हाम्रो डाटामा भएको तर फिल्डको बास्तबिकता बारे चाँडै नै बैठक बसेर टुङ्गो लगाउने बताउनु भयो । प्रमुख कार्कीले एकिकृत बिद्यालय सुचना प्रणाली (ईएमआईएस)मा बच्चा देखिएको तर फिल्डको बास्तबिकता बारे बैठक राखेर बिद्यालय मर्ज गर्ने वा गाभ्ने हामी मिटिङ चाँडै राखेर टुङगोमा पुग्ने बताउनु भयो । कार्कीले बिद्यार्थी निल चाँहि हैन हामीले डाटा हेर्ने हो तर बिद्यार्थी एकदम कम चाँहि भएको स्वीकार्दै छिटो टुङ्गोमा पुग्ने बताउनु भयो ।