पेङ्दोर्जे डम्फुपार्कमा विद्यार्थीको बनभोज

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८२ मंसिर २५, बिहिबार (१ महिना अघि)
  • १६६ पटक पढिएको

पेङ्दोर्जे डम्फुपार्कमा विद्यार्थीको बनभोज

खानिखोला÷ काभ्रे खानिखोला गाउँपालिका वडा नः ४ मा निर्माण भएको पेङ्दोर्जे डम्फुपार्कमा कुमारी माध्यामिक विद्यालय परिवारले वनभोज कार्यक्रम गरेका छन । तामाङ समुदायको संस्कृति झल्किने महत्वपूर्ण पार्क भएकोले पर्यटन विकासको प्रवद्र्धन गर्ने उद्देश्यले वनभोज कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । यहाँवाट खानिखोलाको सात वटै वडा र सिन्धुली मकवानपुर र केही बारा जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । पार्कको प्रचारका लागि पालिका तथा अन्तरपालिका विद्यालयलाई पनि वनभोज लगायतका कार्यक्रम गर्न स्थानीयले सुझाव दिएका छन । कार्यक्रममा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत राम कुमार तिमल्सिना, विद्यालय व्यवस्थापन समिति सदस्य नीर माया घिसिङ र बिष्णुमाया मोक्तान लगायतको सहभागिता थियो । कार्यक्रममा विद्यार्थीहरुले डम्फूरे गित, नाच गान सहित मनोरञ्जन प्रदान गरेका थिए ।।

ताजा अपडेट

खोजी गर्नुहोस