इक्यानको केन्द्रीय सदस्यमा नवराज नेपाल (नबु) को उम्मेदवारी घोषणा

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८२ पौष २२, मंगलबार (१ हप्ता अघि)
  • १२३ पटक पढिएको

इक्यानको केन्द्रीय सदस्यमा नवराज नेपाल (नबु) को उम्मेदवारी घोषणा

बनेपा÷ नेपाल शैक्षिक परामर्श संघ इक्यानको आगामी केन्द्रीय समिति निर्वाचनका लागि काभ्रेपलाञ्चोकका युवा शैक्षिक परामर्श व्यवसायी नवराज नेपालले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ । काठमाडौंलाई कार्यथलो बनाएर शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्दै आउनु भएका नेपालले, इक्यान काभ्रे गठन तथा संस्थागत विकासमा प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो। काठमाडौंमा रहेर पनि काभ्रे जिल्लाको प्रतिनिधित्व गर्दै संगठन विस्तार, सदस्य एकता र संस्थागत सुदृढीकरणका लागि उहाँ निरन्तर सक्रिय रहनुभएको छ । त्यसैगरी, काभ्रेमा रहेका शैक्षिक परामर्श संस्थाहरूलाई कानुनी प्रक्रिया पूरा गराई आवश्यक लाइसेन्स प्राप्त गराउन सहजीकरण गर्ने कार्यमा समेत उहाँको उल्लेखनीय योगदान रहेको छ। सम्बन्धित सरकारी निकायहरूसँग समन्वय, परामर्श तथा मार्गदर्शनमार्फत धेरै संस्थाहरूलाई वैधानिक र औपचारिक रूपमा सञ्चालन गर्न उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय नेपालले यो क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने स्पष्ट भिजन सहित उम्मेदवारी अघि सार्नुभएको हो । मध्यम तथा साना शैक्षिक परामर्श व्यवसायीहरूको वास्तविक समस्या, चुनौती र सम्भावनालाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पु¥याउने उहाँको प्रमुख उद्देश्य रहेको छ । उहाँको भिजन मा युवा व्यवसायीहरूको नेतृत्व विकास, सदस्य–मैत्री सेवा सुविधा विस्तार, स्पष्ट नीति–नियमको प्रभावकारी कार्यान्वयन, साथै भ्ऋब्ल् लाई अझ व्यावसायिक, उत्तरदायी र विश्वासिलो संस्था बनाउने प्रतिबद्धता समावेश छ। प्रदेश तथा जिल्लास्तरका आवाजलाई केन्द्रीय निर्णय प्रक्रियामा मजबुत रूपमा जोड्ने उहाँको धारणा रहेको छ । हालसम्म केन्द्रीय सदस्य पदका लागि दीपकराज भुसालको टिमबाट नवराज नेपालसहित ८ जना उम्मेदवारले उम्मेदवारी घोषणा गरिसकेका छन । ईक्यानमा सात सयभन्दा बढी शैक्षिक परामर्श व्यवसायी आबद्ध छन् । देशभर आठ शाखा सञ्चालनमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस