साना बालबालिकालाई ज्ञानकुञ्जको सम्मान

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८२ माघ १५, बिहिबार (१ हप्ता अघि)
  • ८३ पटक पढिएको

साना बालबालिकालाई ज्ञानकुञ्जको सम्मान

काभ्रे । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले एक विशेष कार्यक्रम आयोजना गरी साना बालबालिकालाई सम्मान तथा उपहार वितरण गरेको छ ।
कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले नर्सरी देखि कक्षा ३ सम्मका बालबालिकालाई पूजा गरी विभिन्न शैक्षिक तथा उपभोग्य सामग्री उपहार स्वरूप प्रदान गरेका थिए । कार्यक्रममा करिब ५ सयभन्दा बढी बालबालिकालाई कापी, कलम लगायत स्टेशनरी सामग्री, फलफूल, खाजा तथा अन्य सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ ।


“शिक्षा विद्यार्थीका लागि, विद्यार्थी देशका लागि” भन्ने मूल नाराका साथ सञ्चालन हुँदै आएको उक्त प्रतिष्ठानले नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै आइरहेको छ । राष्ट्रिय नाराका रूपमा रहेको “बालमैत्री शासन, बाल अधिकारको सम्मान” लाई समेत आत्मसाथ गर्दै कार्यक्रम सञ्चालन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
प्रतिष्ठानका प्रबन्ध निर्देशक वैद्यका अनुसार विद्यालयले पाठ्यक्रममा मात्र सीमित नरही विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, संस्कार र व्यावहारिक ज्ञान विकास गर्ने उद्देश्यका साथ साथै ठुलालाई सम्मान तथा सानालाई मायाको उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
कार्यक्रम प्रति अभिभावक तथा शिक्षकहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै यस्ता गतिविधिले बालबालिकामा सानै उमेर देखि कला, संस्कृति, सहकार्य सहयोग, सम्मान र सामाजिक भावनाको विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

ताजा अपडेट

२०८२ माघ २३, शुक्रबार

कर्मले मन जित्दै सुमन

यो साताको प्रचलित

खोजी गर्नुहोस