ज्ञानकुञ्जद्वारा यु.के.जी. का विद्यार्थी दीक्षित

  • काभ्रे खबर
  • / शिक्षा /
  • २०८२ चैत्र २२, आईतबार (५ महिना अघि)
  • २२३ पटक पढिएको

ज्ञानकुञ्जद्वारा यु.के.जी. का विद्यार्थी दीक्षित

काभ्रे । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५३ जना विद्यार्थी दीक्षित भएका छन् ।
शनिबार बनेपामा भएको एक कार्यक्रम बीच उक्त दीक्षित कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाले बालमैत्री वातावरणमा बाल मनोपरामर्शदाता सहित शिक्षण–सिकाइ क्रियाकलाप सञ्चालन गर्दै आएको बताए । आगामी शैक्षिक सत्र २०८३ मा विद्यार्थीहरूको शैक्षिक विकाससँगै नेतृत्व विकास, भावनात्मक व्यवहार, सम्बन्ध निर्माण तथा जीवनोपयोगी सीप अभिवृद्धिका कार्यक्रमलाई थप प्रभावकारी बनाइने सोही कार्यक्रममार्फत् जानकारी दिए ।


वैद्यका अनुसार संस्थाले किताबी ज्ञानसँगै व्यावहारिक शिक्षालाई पनि प्राथमिकता दिएको छ । विद्यार्थीहरूलाई कृषि शिक्षा, तरकारी खेती, कुकिङ, सिलाइ–बुनाइ, अचार, गुन्द्रुक, मस्यौरा निर्माण, मौसमी फलफूल संरक्षण तथा भण्डारण सम्बन्धी सीप सिकाइँदै आएको छ । यसले बालबालिकामा प्रारम्भिक चरणदेखि नै उद्यमशीलता, बचत, मितव्ययिता र समयको सदुपयोगबारे चेतना विकास गर्ने लक्ष्य राखिएको छ ।
समाज रूपान्तरण र राष्ट्र निर्माणमा सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ संस्थाले प्ले ग्रुपदेखि स्नातकोत्तर तहसम्मको अध्ययन–अध्यापन एकै छानामुनि सञ्चालन गरिरहेको वैद्यले उल्लेख गर्दै शैक्षिक वर्ष २०८२ मा सयौँ विद्यार्थीलाई ३५ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए ।
त्यसैगरी कार्यक्रमका सभापति तथा सञ्चालक सदस्य आत्माराम थापाले विद्यालयको आधुनिक शिक्षण पद्धति, वैज्ञानिक दृष्टिकोण र बालमैत्री वातावरणका कारण विद्यालय अभिभावकमाझ लोकप्रिय बनेको बताए ।
सोही अवसरमा सहायक प्रिन्सिपल नमराज दाहालले विद्यालयले एक वर्षमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गर्दै अध्ययन, खेलकुद र संगीतमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष, प्याब्सन तथा एन–प्याब्सनका पदाधिकारी, पत्रकार, अभिभावक, शिक्षक–शिक्षिका लगायतको उपस्थिति रहेको थियो भने किन्डर गार्टेन तहका विद्यार्थीहरूले विविध सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।

ताजा अपडेट

२०८३ भाद्र २२, सोमबार

कांग्रेसले दियो सरकारलाई १ करोड

२०८३ भाद्र २०, शनिबार

हामीले बिर्सेको योजना

यो साताको प्रचलित

खोजी गर्नुहोस